Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमा सुरक्षा बैठक सम्पन्न / नेपाल भारतबीच आठ सूत्रीय सम्झौता

Posted by Ram Kumar Shrestha on August 28, 2010


जनकपुर, भाद्र १२ – दुई महिनापछि भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनको तयारीमा रहेको भारतीय प्रशासक तथा मधुवनी जिल्लासंग  सीमा जोडिएका नेपालका चार जिल्लाका प्रशासकबीच दुइ देशको सीमा सुरक्षाका विषयमा शुक्रवार जयनगरमा  छलफल भएको छ ।

बैठकमा खुल्ला सीमानाको कारणले दुबै देशमा हुने अपराध,नक्कली भारतीय रुपैया नियन्त्रण, सीमा स्तम्भहरुको व्यवस्थापन, भारतीय भूमिबाट नेपालमा सशस्त्र संघर्ष गरी रहेका समूहहरुमाथि नियन्त्रण तथा भारतीय सीमा सुरक्षा वल-एसएसबी) को ज्यादती लगायतका विषयमा समझौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर सिंहाले बताए ।

सीमा सुरक्षा बैठकमा भारत मधुवनी जिल्लाका सहायक जिल्ला प्रमुख-डिपुटी डिस्ट्रक मजिस्ट्रेट) ओमप्रकाश रायको नेतृ्त्वमा भारतीय प्रशासकहरु सहभागी थिए, भन्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा धनुषाका प्रजिअ डा.कमलेश्वर सिन्हा, महोत्तरीका प्रजिअ रामकृष्ण सुवेदी तथा सप्तरीका प्रजिअ रामप्रसाद घिमिरे सहित चारै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसंधान विभागका जिल्ला प्रमुखहरु सहभागी थिए ।

प्रजिअ डा.सिंहाले दिएको जानकारी अनुसार-नेपाली पक्षले भारतको सीमा सुरक्षा वलले नेपाली नागरिकमाथि गर्ने गरेको दुव्र्यवहारको विषयमा कडा आपत्ती जनाएका थिए । प्रतिउत्तरमा भारतीय पक्षले एसएसवीलाई तत्कालै निर्देशन दिने वाचा गरेका थिए ।

यसै गरी नेपाली पक्षले भारतको भूमि प्रयोग गरी सशस्त्र संघर्ष चलाई रहेका नेपाली सशस्त्र समूहका नेताहरुको नाम र भारतमा बसोवार गर्ने ठेगानाको लिस्ट उपलब्ध गराएको बताईएको छ । यसै गरी नेपालमा हतिहार आपूर्ति गर्ने भारतीय तस्करहरुको नामावली समेत भारतीय पक्षलाई बुझाईएको थियो । भारतीय पक्षले यी विषयहरुलाई गंभीरतापूर्वक नियन्त्रण गर्ने तथा पक्राउ गरी तत्काल नेपाललाई हस्तान्तरण गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका थिए ।

खुला सीमानाको दुरुपयोग गरी दुबै देशमा भई रहेको आपराधिक घटना,हात हतियार ,लागू औषधी तथा गैर कानुनी मानव तस्करीलाई नियन्त्रण गर्न दुबै पक्षले हस्ताक्षर गरेका छन् । भारतीय पक्षले नेपालको भूमि मार्फत भैरहेको नक्कली भारतीय रुपियाको ओसार पसार बन्द गर्न तथा अगामी अक्टुवर नोभेम्बरमा विहारमा हुने विधान सभाको निर्वाचनको क्रममा सीमा सील गर्न तथा निर्वाचनलाई प्रभावित गर्न सक्ने नेपाली अपराधीहरुलाई नियन्त्रण गर्नु पर्ने प्रस्ताव राखेका थिए । यसै गरी दश गज्जामा दुबै देशका नागरिकले घर बनाएको ,खेती गरेको,सीमा स्तम्भ हराएको,क्षतिग्रस्त भएको विषयमा दुई देशका प्राविधिकहरु मार्फत समस्या समाधान गर्ने सहमति पनि भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: