Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लण्डनमा भारत सरकार बिरोधी प्रदर्शन

Posted by Ram Kumar Shrestha on August 19, 2010


लण्डन । ढिलो गरी प्राप्त समाचार अनुसार भारतको ६३ औं स्वतन्त्रता दिवस मनाइरहेकै बेला उस्को लण्डनस्थित हाइ कमिशन अगाडि बिशाल बिरोध प्रदर्शन मनाएको छ । १५ अगस्टका दिन भएको उक्त प्रदर्शनमा करीब एक हजारको उपस्थिति थियो ।

प्रदर्शनकारीहरुले भारतीय जनताम्याथइको दमन, हत्या बन्द गर, भारतीय बिस्तारबाद मुर्दाबाद, छिमेकी देशहरुमाथि भैरहेको आन्तरिक हस्तक्षेप तत्काल बन्द गर, अतिक्रमित भू-भाग बन्द गर, दक्षिण एशियाली जनता एकजुट होऔं जस्ता नारा लेखिएका ब्यानर लिएर प्रदर्शन गरे ।

कार्यक्रमका सहभागी एलाइन्स फर पिपुल्स राइटस इन साउथ एशिया, इण्डियन वर्कर्स एशोशियस्हन ग्रेट ब्रिटेन, साउथ एशिया सोलिडारिटी फोरम, प्रेग्रेसिभ नेपलिज सोसाइटी यूके, एण्टी कास्ट डिस्क्रिमिनेशन एलाएन्स, काश्मिरी वर्कर्स एशोशियसन ब्रिटेन, नम्बर टु डिस्प्लेसमेण्ट क्याम्पियन, जम्मु काश्मिर पिपुल्स नेशनल पार्टी, कोअर्डिनेशन कमिटी अफ रिभोलुशनरी कम्युनिस्ट अफ ब्रिटेन, इण्टरनेशनल लिग फर पिपुल्स स्ट्रगल, न्यू डाइरेक्सन श्रीलन्का, जम्मु काश्मिर लिबरेशन फ्रण्ट, खालिस्तान लिबरेशन फ्रण्ट, अफ्रिकन लेफ्टिस्ट एशोसियस्हन लगायतका प्रतिनिधिले मन्तब्यका क्रममा उनीहरुकै शब्दमा भारतीय बिस्तारबादले छिमेकी राष्ट्रमा सीमा अतिक्रमण गरिरहेको, हस्तक्षेप बढेको, भारतमा आदिबासी, दलित, श्रमजिबी एबं प्रगतिशील जनतामाथि नरसंहार मच्चाएको जस्ता आरोप लगाउँदै त्यो बन्द गर्न माग गरेका थिए ।

प्रदर्शनकारीले भारतीय गृहमन्त्री पिसी चितमबरमलाई सम्बोधन गर्दै हाइकमिशनमा एउटा ज्ञापनपत्र समेत दिए । बिभिन्न सात बुँदागत माग प्रस्तुत गरिएको सो पत्रमा कास्मिरमा भारत सरकारअको दमन, उत्पिडन बन्द र सुरक्षाकर्मी फिर्ता गर्न, अमेरिका र यूकेलाई साथ दिएर अफगनिस्तानमा जारी युद्धमा सहयोग नगर्न, छिमेकी मुलुकका सीमानामा सुरक्षाकर्मी परिचालन गरेर शान्ती एबं सदभाव नखलबल्याउन, माग गरिएको छ । पत्रमा शान्ती वार्तामा बोलाएर भारतीय माओबादी प्रबक्ता आजाद र हेमचन्द्र पाण्डेको हत्या गरिएको आरोप लगाउँदै सोको निस्पक्ष छनबिन माग गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: