Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

ताइवानमा नेपालीहरुको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न

Posted by Ram Kumar Shrestha on August 9, 2010


ताइपेई ताइवानबाट हरिकुमार श्रेष्ठबाट: अगस्त ८ २०१० मा प्राप्त जानकारीअनुसार ताइवानमा बस्ने नेपालीहरुले ताइवानमा दिन प्रतिदिन विभिन्न  

माध्यमबाट  आफ्नो गतिविधि बढाउंदै आएका छन् । कहिले नयां वर्ष मनाएर त कहिले ताइवानका बाढी पिडितलाई सहयोग गरेर । त्यस्तैगरेर कहिले नेपाली सामग्री प्रदर्शन गरेर त कहिले दशैं पर्व तथा बुद्ध जयन्ति मनाएर निरन्तररुपमा विस्तार गर्दै लगेका छन् । अनि व्यापार व्यवसायमा पनि नेपाली नाम संस्कृति र सामग्रीहरुलाई नै बढी जोड दिन थालेका छन् । यसैक्रममा ताइवानको ताइपेई सा_िन्सयामा स्थापना भएको “लालीगुरांस सांस्कृतिक समुह” ले पनि हालै थप अर्को नौलो आयाम थपेको छ । यो समुहको ४ सदस्यहरुमध्ये श्री नरेश गुरुङ्ग लिड गितार तथा भोकलमा हुनु हुन्छभने श्री कर्मा लामा श्री पासाङ्ग लामा र श्री कर्मा सोनाम क्रमस ड्र्म सेट बेष्ट गितारिष्ट र ह्दम गितारमा हुनुहुन्छ । विगतमा नैपालीहरुले ताइवानमा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दै आए तापनि यो समुह ताइवानको एकमात्र स्थापित पहिलो नेपाली सांस्कृतिक समुह हो जुन गत वर्ष स्थापना भएको हौ र स्थापनाकाल पाश्चात नै यो समुहले अनौपचारिकरुपमा विभिन्न कार्यक्रममा भाग िलंदै आएको छ । एनआरएनए ताइवानको साथीहरु बीचको साथसाथै ताइवानमा अन्तर्राष्ट्रि्य व्यक्तिहरुको सहभागीमाझ पनि लोकपि्रयता कमाउन थालेको छ । गत अगस्त १ २०१० का दिन ताइवान ताइपेई सा_िन्सयाको एक प्रख्यात स्विमिङ् पुलमा विदेशी तथा नेपालीहरुबीच दिउंसो २ बजेदेखि बेलुकी ८ बजेसम्म निरन्तररुपले कलाकारहरुले नेपाली गीतहरु पस्केर उक्त स्थान नेपाली गीतले गुन्जयमान बनाएका थिएभने गीतको स्वर र बाजासंगै उपस्थित सयौं स्वदेशी तथा विदेशीबाट तालीको साथै हायहाय भएको थियो । कार्यक्रममा अर्का नेपाली कलाकार श्री गणेशको प्रस्तुति पनि अविस्मरणीय रह्यो । यो समुहको साथै ताइवानिहरुको सांस्कृतिक टोली पनि त्यत्तिकै सकि्रयताका साथ आफ्ना प्रतिभाहरु देखाएका थिए ।
कार्यक्रममा बहुसंख्यक ताइवानिज तथा नेपालीहरु थिएभने अन्य केही देशहरुको उपस्थिति पनि उत्साहवर्धक नै थियो । नेपालीहरुको उपस्थितिको संख्या महिला पुरुष र केटाकेटी गरेर जम्मजम्मी ७० को हाराहारीमा थियो जसले कार्यक्रमको शोभा बढाएको थियो । नेपालीहरु गीतको साथै आफ्ना साथी तथा परिवारका साथ पौडि खेल्ने कार्यक्रममा पनि उत्तिकै रमाएका थिए । सायद ताइवानमा हालसम्ममा भएको नेपालीहरुको गतिविधिमा यो नै बढी नेपालीहरु सहभागी भएको र बढी मनोरन्जनात्मक कार्यक्रम हो । यस कार्यक्रममा नेपालीहरुको जमघटले के भान भएको थियोभने हामी ताइवानमा नभै कतै नेपालमा नै छौं । यसले गर्दा नेपालीहरुवीच एक्यवद्धतामा पनि बृद्धि भएको छ ।
अन्तमा “लालीगुरांस सास्कृतिक समुह” ताइवानले सम्पुर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन पनि गरेको थियोभने भविष्यमा पनि नेपालीहरुको अपार माया र सहयोग पाउने अपेक्षा गरेको छ ।

One Response to “ताइवानमा नेपालीहरुको सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न”

  1. Kathmandu said

    good post. Thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: