Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

गोर्खाली शानलाई अबमुल्यन गर्ने षडयन्त्र

Posted by Ram Kumar Shrestha on August 4, 2010


By कार्डिफ
विश्व अहिले दुईवटा कुख्यात शक्तिले धु्रविकृत भएको छ । यस प्रश्नको उत्तर सोधेमा सायद ताते गर्ने बालकलाई समेत थाहा हुन सक्छ । ती दुई शव्दहरु उच्चारण गर्न पनि कतिलाई घृणा लागेर आउने छ । १. आतंकवाद २. साम्राज्यवाद । यी दुबै कालीनागको प्रतिरुप हुन । विशेष गरेर नाग भन्ने बित्तिकै जलमग्न स्थानको हामी परिकल्पना गर्ने गर्दछौं । प्राचीनकालमा नेपालमा विशाल ताल तलैयाहरु थिए । तर तीनीहरु सुकेर अहिले मानव बस्ती भइसकेको मैले किंवदन्तीको रुपमा सुनेको थिएँ । उदाहरणका लागि काठमाण्डौ उपत्यका पनि विशाल ताल थियो । मञ्जुश्रीले तरवारले काटेर पानी नबगाएको भए काठमाण्डौको महंगो जग्गा जमीन त हामीले किन्नु पर्दैन्थ्यो । काठमाडौमा बसेकाहरुको केन्द्रीकृत मानसिकता विकेन्द्रीकृत त हुन्थ्यो । दुई चारजना साहित्यको जमातले आफुलाई केन्द्रीयधार घोषणा गरेर डायस्पोरा र मोफसलको साहित्य भनेर वर्गीकरण त हुँदैनथ्यो । माओवादीले पनि विकेन्द्रीकरणको नारा, क्षेत्रीय स्वायत्तताका सवाल उठाएर जङ्गलबाट निस्किनु बित्तिकै अमेरिका, जापान र बेलायतमा रोजगार गर्ने ब्यक्तिलाई पछि पारेर काठमाण्डौको घर जग्गाको भाउ रातारात उल्का मच्चिएझैं सगरमाथाको उचाई भन्दा उकालो त लाग्दैनथ्यो । मञ्जुश्री तिमीले तरवारले काठमाडौं उपत्यकालाई नकाटेको भए हामी फेवा, रुपा र बेगनास ताल भन्दा स्थूलतालमा डुङ्गा सयर गरिरहेका हुन्थ्यौं होला !

अव म फेरि केहीबेर बहकिएर अन्य विषयमा अलमलिए पनि अव फेरि विषय तर्फ नै केन्द्रीत हुन चाहन्छु । माथि उल्लेखित प्रत्येक ताल तलैयाहरुमा कालीनागले आधिपत्य जमाएका हुन्थे रे । तर अहिले अस्तित्वमा रहेका ती तालहरुबाट कहाँ बसाई सरे ती काली नागहरु ? किंवदन्तीकै आधारमा हाम्रा जिजुबाहरुले भन्ने गर्नु हुन्थ्यो कहीँ कतै एक पोखरीको काली नाग अर्को पोखरीमा आइपुग्यो भने घमासान लडाइँ चल्थ्यो रे । जबसम्म एउटाको अवसान हुँदैन अथवा लड्दा लड्दै दुबैको अवसान हुँदैन तवसम्म उनीहरुको लडाइँ जारी रहन्थ्यो रे । मेरो पहाड घरदेखि माथि पर्ने मानेडाँडा पोखरी अहिले हिँउदमा सुक्छ र वर्षा याममा गाई भैँसीलाई पानी ख्वाउनेसम्म पानी जम्छ । तर त्यो पोखरी प्राचीनकालमा कालीनाग बस्ने गरेको दावी छ । त्यहाँ गोठाला जानेहरुले जसले पोखरीको बीचमा गोलो ईन्द्रेणी परेको देख्छ, घर फर्किदासम्ममा हनहनी ज्वरो आउने र राती सुतेपछि उसको मृत्यु हुन्थ्यो रे । त्यही कुरा चाल पाएपछि एक अलौकिक शक्ति भएको बिजुवाले त्यस पोखरीको डिलमा गएर कैयौं दिन चिन्ता बसेर साल्पा पोखरीको कालीनागलाई बोलाएर त्यस पोखरीको नागसँग घमासान युद्ध गराएछन् । अन्तमा साल्पा पोखरीको नागले मानेडाँडा पोखरीको नागको हत्या गरेपछि त्यो पोखरी फुटेर पानी बग्यो र बिजुवाको पनि पोखरीको डिलमा चिन्ता बस्दा बस्दै तत्कालै मृत्यु भएको थियो रे । त्यसपछि मात्र पोखरी नजिकका गाउँलेहरुले राहतको सास फेर्न पाएको भन्ने कथन छ ।

यो किंवदन्तीलाई विश्लेषण गर्दा कालीनाग दुबै बिषालु हुन्छन् र दुबैमा शक्ति उस्तै उस्तै हुन्छ । भीडन्तमा कसले कहाँ डसेर त्यसको मृत्युवरण हुने निसाना फेला पार्छ त्यसैको विजय हुने अडकल काटन सकिन्छ । हाम्रो नेपालबाट कालीनागहरुको लोप भए पनि विश्वमा दुइवटा घृणालाग्दा कालीनागहरुको अवशेष स्वरुप यी दुई आतंकवाद र साम्राज्यवादले विश्वमा शान्ति र अमन चयनको कुठाराघात गरी रहेका छन । विश्वमा अमनचैन कायम गर्नकालागि यी दुबै शक्तिको उन्मूलन हुनु पर्दछ । यी दुबैमा दम्भ छ, आक्रोश छ र संसार मेरो मुठ्ठीमा छ भनेर हुँकार गरिरहेका छन् र एकले अर्कालाई निमिटयान्न बनाउने अभियानमा जुटेका छन । हाम्रो अपेक्षा हो दुवैको अवसान एकै पटक हुनुपर्छ । तर यो हुन नसके आतंकवाद भन्ने कालीनागले साम्राज्यवाद भन्ने कालीनागलाई घुँडा टेकाउने मात्रै होइन धुलो समेत नै चटाउने प्राय निश्चित छ । त्यसपछि आतंकवादको पाउमा घोप्टो परेर साम्राज्यवादले क्वाँ-क्वाँ रुनुपर्ने अवस्था आउनेछ । यो भविष्यवाणी अवश्य पुग्नेछ । यो शताब्दीमा नभए पनि अर्को शताब्दी सम्ममा । बुशले टेलिभिजनको पर्दामा आफगानिस्तान युद्ध समाप्त भयो भनेर घोषणा गरेको दिन मैले साथीहरुको सामु बुश यो युद्ध समाप्त होइन अव भरखरै अन्त्यहीन युद्धको प्रारम्भमात्रै हुँदैछ भनेको थिएा । आतंकवाद जस्तो कालीनागलाई विजय गरेको ठान्नुमा बुशको मुर्खता थियो । जो कि उसले आफुलाई कालीनाग ठानेको थियो भने यो पनि म जस्तै शक्तिशाली कालीनाग हो भनेर एकरत्ति पनि सोच्ने बुद्धि पलाएन । बुशले आतंकवाद निर्मुल पार्नकालागि आफगानिस्तानमा सैनिक कारवाही आरम्भ गर्नु नै भालुको कानमा समाते जस्तै हो । कानबाट हात छाडांै भालुले एकै गँसमा सिध्याउने डर, हात नछोडौं भने कति झुण्डिरहनु बिना बलबुता । साम्राज्यवादको ठुटोमात्र बाँकी रहेको बेलायत, बिना हाँगा चिल्लोपात पल्लवित हुने सपना सँगालेर अमेरिकाको पिछलग्गु भएर त्यही भालुको कानमा समातेर पिङ्ग खेल्ने क्रममा गोर्खा रेजिमेन्टका गोर्खाहरुलाई प्रयोग गर्दै आएको छ ।
गोर्खाहरुले पुग-नपुग दुइसय वर्ष निरन्तर बेलायती साम्राज्यकोलागि रगत र पसिना बगाई रहेका छन् । दोस्रो विश्व युद्धमा एउटै आमाको कोखबाट जन्मेको जुम्ल्याहा दाजुभाइ जस्तै अनुहारका जापानीहरुसँग नुनको सोझो भएर लडे । जापान र जर्मन जस्ता विश्व विजय गर्ने सपना बोकेका सैनिकहरुलाई नाङ्गो खुकुरीले शिरोच्छेदन गरेर आप\mनो वीरताको पहिचान कायम गरे । र, त्यही वीरतालाई निरन्तरता दिने क्रममा गोर्खाहरुको पहिलो बटालयन आफगानिस्तान खटिएर तालिवान विरुद्धको भीषण युद्धमा तालिवानको कमाण्डर मारिएको प्रमाणीकरका लागि शिरोच्छेदन गरेर बाँकी शरिर युद्धमैदानमा छाडिदिएको भन्ने आरोपमा एकजना नाम नखुलेको गोर्खा सेनालाई कारवाही गरी सेनाबाट निष्कासन -कोर्टमार्शल) र जेल सजाय समेत हुने भनिएको छ । यो कति तर्कसंगत कुरा हो ? जो ब्यक्तिले कर्तब्यनिष्ठ भएर वफादारीतासाथ आप\mनो जिम्मेवारी वहन गर्‍यो त्यसलाई पुरष्कार र मानपदवी स्वरुप कोर्टमार्शल ! यो साम्राज्यवादी बेलायतको कायरपना र आतंकवादलाई अझै प्रश्रय दिने कुकार्य मात्रै हो । यदि त्यो तालिवानी कामाण्डरप्रति त्यति सदभाव थियो भने किन गोर्खाहरुलाई आक्रमण गर्न खटाइयो ? र त्यो कमाण्डरलाई मार्ने आदेश किन दिइयो ? आदेश अनुरुप दायित्व निभाएको प्रमाणिकरण कसरी गर्ने ? भारी गोली बर्षाका कारण पुरै शरीर ल्याउन बिफल भएपछि विकल्प त्यही मात्रै भएको पुष्टी पनि गरिएको छ ।
हामी नेपाली हौं हाम्रो आपनै परम्परा र संस्कार छ । विशेष खुकुरीलाई भिडन्तको बेला शत्रुको शिरोच्छेदनकै लागि बनाइएको हो । जीवित हुँदा मात्रै खुकुरीले गर्धन छप्काउन सकिने र मरेको लासलाई नसकिने भन्ने नियम कहीँ पनि छैन । अझै नेपालकै सन्दर्भमा भन्ने हो भने आतंकवादीको टाउको मात्रै जसले ल्याउन सक्छ उसलाई ठुलो राशीको पुरस्कार घोषणा गरिएको हुन्छ । जनयुद्धको बेला माओवादी नेताहरुको प्रत्येकको टाउकोको मुल्य नेपाल सरकारले तोकेको थियो ।
बेलायती रक्षामन्त्रालय लगायत अन्य उच्च अधिकारीहरुले यस घटनाप्रति लज्जाबोध भएको जनाएका छन् । उनीहरुको यो तर्क भनेको आपनी श्रीमती जारीगर्ने ब्यक्तिसँग उनकै पाउमा घोप्टो परेर क्षमा मागे सरह हुनेछ । आप\mनै सहकर्मी आफगान सैनिकले तालीबानको टाउको गिडियो भनेर हत्या गर्नु जायज ठान्नु र आपनै हत्या गर्नेप्रति त्यति ठुलो सहनुभूति देखाउनु भनेको गोर्खाहरुले अहिलेसम्म आर्जेको प्रतिष्ठाको खिल्ली उडाएर उनीहरुको शानलाई अवमुल्यन गर्नु मात्रै हो ।
वफादारीताकासाथ आप\mनो जिम्मेवार बहन गरिरहेका तीन सैनिकहरु यस घटनाको शिकार बने । उनीहरुको चीरात्मालाई शान्ति मिलोस् र उनीहरुको परिवारप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । ९ वषर्ीया बालिका ईभा पुनले यति कलिलो उमेरमा पितृस्नेहबाट बञ्चित हुनु परेको पीडाले उनको आाखाबाट मोतीका दानाझैं अमुल्य आँशुका थोपा र एक थुङ्गा गुलावको फुल अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै गरेको तस्वीर हेर्न बित्तिकै परेलीले नियन्त्रण गर्न नसकेर मेरो पनि आसुका थोपाहरु टप्किरहेछन् र म भनिरहेको छु – वीर सपूत गोर्खालीकी छोरी हौ ईभा तिमी ! सीता हौ र भृकुटी पनि हौ तिमी । अव तिम्रो आँशुले साम्राज्यवाद र आतंकवादलाई पिरोस् र नष्ट भएर जाओस् । त्यसपछि विश्व भरिकै हामी सवै मानवहरु शान्तिको गीत गाइरहन पाउँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: