Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

सीमामा एसएसबीद्वारा नेपाली यात्रु लुटिँदै

Posted by Ram Kumar Shrestha on July 27, 2010


nagariknews

विक्रम गिरी, बनवसा (भारत), साउन ११- भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपाल-भारत नाका बनवसामा दिनहुँ नेपाली यात्रुलाई लुट्दै आएको छ। एसएसवीले सीमामा पैंसा असुल्ने नयाँ धन्दा शुरु गरेको छ। उसले भारतवाट मजदुरी गरी फर्किने नेपालीवाट चेकजाँचका क्रममा भारतीय रुपैंया सटही गर्दै रकम असुल्न थालेको छ।

गड्डचौकीदेखि एक किलोमिटर टाढा रहेको चेकपोष्टमा एसएसवीले नेपालीहरुवाट भारु लिदै नेपाली नोट उपलब्ध गराईरहेको छ। भारु नोट सटही गर्दा विनिमय दरभन्दा कम रकम उपलब्ध गराई मोटो रकम असुल्ने गरेको छ। पाँच सय र एक हजारका भारतीय नोट नेपाल लैजान प्रतिवन्ध गरिएको भन्दै एसएसवीले नेपालीलाई ब्यारियलमा रोक्ने गरेको छ। उसले ब्यारियलमा रोक्दै नेपाली यात्रुसित रहेका पाँच सय र हजार वाहेकका भारतीय नोट सकेत लिने गरेको छ। एसएसवीले पाँच सय र हजारका नोट सटही गर्दा पचासदेखि सय रुपैंयासम्म कम दिने गरेको नेपाली यात्रुले बताए।

एसएसवीले एक महिनादेखि सीमामा रकम सटही गरिरहेको छ। उसले विहानदेखि अवेरसाँझसम्म नोट सटही गर्न ब्यारियलमा सादा पोशाकमा केही मान्छे खटाउने गरेको छ। आईतवार ताँगामा वनवसावाट महेन्द्रनगर फर्किदा एसएसवीले सवै नेपाली यात्रुलाई लाईन लगाउँदै भारतीय रुपैंया छाडेर जान निर्देशन दियो। हातमा भारु नोट लिदै ब्यारियल नजिक शादा पोशाकमा रहेका दुई जना युवा भएकोतीर जान भन्यो।

‘पहिला नोट जफत गरिन्थ्यो, अहिले तपाईहरुको सजिलोका लागि सटहीको ब्यवस्था गरिएको हो’ नोट सटही गर्दै ति युवाले भने, ‘जफत हुनभन्दा त केही रकम कटौती गरेर लानु राम्रो।’ नोट सटही गर्न एसएसवीले भारतीय युवाहरुलाई खटाएको श्रोतले बतायो। ‘सटही गर्न खटिनेलाई एसएवीले पारिश्रमिक दिन्छ’ श्रोतले भन्यो। एक महिना अघि पाँच सय र हजारका भारतीय नोट जफत गरिन्थ्यो। उक्त कार्यले सीमामा सँधै किचलो हुँदा नेपाली यात्रुलाई लुट्न एसएसवीले नयाँ तरिका अपनाएको हो।

एसएसवीको उक्त धन्दामा भारतीय भन्सार र वनवसाका ठुला ब्यापारीको मिलेमतो रहेको श्रोतको दावी छ। वनवसाका ब्यापारीले नेपाली रुपैंया उपलब्ध गराएर एसएसवीवाट भारु लिने गरेका छन्। सामान किन्न, भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जाने, उपचारका लागि आउने नेपालीवाट वनवसाका ब्यापारीले यसमा पाँचदेखि सात प्रतिशत नाफा खाँदै नोट सटही गर्दै आएका छन्। भारु नपाउंदा नेपाउँदा नेपालीहरु दिनभर बजारमा भौंतारी रहन्छन्।

एसएसवीले यसरी गर्दै आएको लुटपाटवारे गड्डाचौकीमा रहेको सीमा प्रहरी चौकीलाई समेत जानकारी छ। ‘एसएसवीले नोट साँट्दा प्रचलन अनुरुपको रकम दिएन भनेर गुनासो गर्न आईरहन्छन्’ एक प्रहरी अधिकृतले नागकिरसित भने। गुनासो आउन थालेपछि एसएसवीकहाँ गएर त्यसो नगर्न अनुरोध गर्दै आएको उनले बताए। ‘तीन दिन अघि आठ सय भारुको हजार नेपाली रुपैंया दियो भन्दै एक मजदुर रुँदै आए’ ति प्रहरी अधिकृतले भने, ‘एसएसवीलाई भन्दा गल्ती स्विकार्न मानेेनन्।’ सीमामा भईरहेको ज्यादतीलाई स्थानिय स्तरको पहलले रोक्न नसकिने उनले बताए।

दैनिक विहान, दिउँसो र साँझमा पचास भन्दा बढी ताँगा वनवसादेखि महेन्द्रनगर ओहर दोहर गरिरहन्छन्। दिनहुँ एक हजारदेखि एक हजार पाँच सय नेपाली भारतका विभिन्न ठाउँमा मजदुरी गरी घर फर्किन्छन्। ‘वाटोमा लुटपाटको डरले साना नोट वोक्न समस्या हुन्छ’ दील्लीवाट घर फकिर्दै गर्दा बनबसामा भेट्टिएका बझाङ्ग चैनपुरका विष्णु वहादुर सिंहले भने, ‘ठुला नोट एसएसवीले लान दिंदैन्।’ पाँच सय र हजारका नोटका कारण भारतमा मजदुरी गर्न झण्झटिलो हुन थालेको उनले बताए। ‘जुनसुकै नोट वोक्दा पनि लुटिने’ सिंहले पिडा पोखे। एसएसवीले दैनिक दश लाख भारतीय रुपैंया बढीको सटही गर्ने गरेको श्रोतले बतायो। ‘दैनिक वीशौं हजार कमाउने गरेका छन्’ श्रोतले भन्यो।

सीमामा प्रताडित हुन थालेपछि वनवसा नाका भएर घर फर्किनेको संख्या घट्दो छ। भारतवाट फर्किनेले भारु लैजान नपाएपछि सीमावर्ती नेपाली वजारमा भारुको अभाव भएको छ। ‘भारु सवै एसएसवीले नाकामा रोकेपछि ब्यापार ब्यवशाय ठप्प छ’ कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव जङ्गबहादुर मल्लले भने, ‘एसएसवी क्रियाकलापले नेपाल-भारत सम्बन्ध विग्रीदै छ।’ ग्राहकले किनमेल गर्नु अघि ब्यापारीलाई भारु उपलब्ध गराउनुपर्ने सर्त राख्न थालेको महासचिव मल्लले बताए। ‘भारु अभावलाई सरकारले गम्भिरता पूर्वक लिनु पर्छ’ उनले भने।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: