Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती

Posted by Ram Kumar Shrestha on July 26, 2010


नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष महासचिव सचिव र कर्मचारीहरुलाई न्यूरोड जनसेवाका प्रहरीद्धार गिरफतार गरि गरेको र्दुव्याहारबारे प्रेस विज्ञप्ती

मिति २०६७ श्रावण गते विश्वा आदिवासी दिवस २०६७ को प्रचरात्मक कोण सभाका लागि रत्नपार्क जाने क्रममा न्यूरोड गेटमा ड्युटीमा खटिएका प्रहरीले माथीको आदेश भन्दै महासंघका उपाध्यक्ष इन्दीरा जिमी याक्खा महासचिव आङ काजी शेर्पा किसान सचिव यशोकान्ती भट्टचन महासंघका २ कर्मचारी र माइकिङमा भाडामा लिएको मिनी ट्रकका चालक र सहायकलाई गिराफतार गरी न्यूरोड जनसेवा प्रहरी कार्यालयमा लगि र्दुव्यवहार समेत गरेको थियो ।  प्रहरीको यो खेदजनक व्यवाहरको नेपाल आदिवासी जनजाति महासंघले घोर भत्स्रन गरेकोछ । महासंघ अध्यक्ष राजकुमार नेतृत्वमा प्रहरी कार्यालयमा पुगेका प्रतिनिधी मण्डलले कार्यालय इन्चार्ज प्रहरी इन्स्पेकटरलाई प्रहरीको अर्मयादित कार्य प्रति माफी माग्न वाध्य गारायो ।

नागरिकले स्वतन्त्र हिडन पाउने र स्वतन्त्र बोल्न पाउने अधिकार माथी प्रहरीको बर्बरतापूर्ण दमनको र शान्तीपूर्ण प्रचरात्मक कार्यक्रममा हिडेका महासंघका पदाधिकारीहरु माथी भएको र्दुव्यवहारको विरोधमा महासंघले भोली विहान ११ बजे पिपलबोट न्यूरोडमा विरोध सभाको आयोजना गरेकोछ । विभिन्न वक्तहरुले संम्बोधन गर्ने विरोध सभामा उपस्थितिका लागी सम्पूर्ण आदिवासी जनजाति  न्यायप्रेमी जनसमुदाय पत्रकार तथा साचारकर्मीलाई हार्दिक अनुरोध गर्दछ ।

आङ काजी शेर्पा किसान
महासचिव

One Response to “नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती”

  1. Ramesh Chhetri said

    के हो यो? तपाई को जस्तो rastrabaadi website मा एस्ता जातिबादी/ र अरु साम्प्रदायिक लेख लाई स्थान नदिनु उपयुक्त होला जस्तो लाग्छ….!!! एस्ता जाति- जनजाती भन्दा पनि महान नेपाली जाति भन्न सक्नुपर्छा हामीले!!!!!
    जय ग्रेअटर नेपाल, जय नेपाली

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: