Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

दसगजा मिचेर घर निर्माण तीव्र

Posted by Ram Kumar Shrestha on July 25, 2010


नयाँ पत्रिका By मोहन भट्टराई

विराटनगर, ८ साउन

नेपाल-भारत सीमास्थित मोरङका विभिन्न क्षेत्रमा दसगजा अतिक्रमण गरी घर बनाउने क्रम तीव्र भएको छ । सीमाको दसगजा क्षेत्रमा दुवै देशका नागरिक घर बनाएर परिवारसहित बस्दै आएका छन् ।

दसगजा क्षेत्र मिच्न नपाइने नियम भए पनि नेपाल र भारत दुवैतर्फका नागरिकलेे सीमा अतिक्रमण गरी घर बनाइरहँदा दुवै देशका सम्बन्धित निकाय मौन छन् । अतिक्रमण गरेर बसेका परिवारलाई हटाउन कुनै पहल भएको छैन ।

मोरङको सीमावर्ती दसगजा क्षेत्र अतिक्रमण गरी तीन सय ६९ घर परिवार बसेका छन् । यो संख्या नेपाली सुरक्षाकर्मीले दसगजा क्षेत्रमा गरेको गणनाबाट आएको हो । दसगजामा बस्नेमध्ये नेपालतर्फका १ सय ८३ र भारततर्फका १ सय ८३ परिवार रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय मोरङले जनाएको छ । तर, दसगजा मिचेर बनेका घर सरकारी तथ्यांकभन्दा चौगुणा बढी छन् । ‘यही एरियामा सयभन्दा बढी घर छन्,’ मोरङ बुधनगर- ५ का स्थानीय मुकेश यादवले भने ।

दसगजा क्षेत्रमा पक्का घर र मन्दिर पनि बनाइएको छ । दसगजा क्षेत्रको दुवैतर्फ अतिक्रमण गरी घर निर्माण गर्नुका साथै अधिकांश स्थानमा खेती लगाइएको छ ।

सीमाको पिलरभन्दा दक्षिणपट्टि भारततर्फका र उत्तरपट्टि नेपालतर्फबाट अतिक्रमण गरेर ती परिवार बसेका छन् । दुवै देशले पहल गरेर मात्रै उनीहरूलाई हटाउन सकिने भएकाले एकतर्फी रूपमा हटाउन समस्या भएको सीमा सुरक्षा कार्यालय मोरङले जनाएको छ ।

दसगजा क्षेत्रमा बसोबास गर्दा दुवै देशको बासिन्दा भनेर दुवै देशका जनतालाई प्राप्त हुने सुविधा उपभोग गर्न मिल्ने भएपछि घर निर्माणको क्रम तीव्र भएको हो । अतिक्रमित दसगजा क्षेत्रमा अधिकांशसँग भारत सरकारले दिने रासनकार्ड छ भने नेपाल सरकारले दिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत रहेको बुधनगर गाविसका स्थानीय मुकेश यादवले बताए । ‘उनीहरू नेपालमा चुनाव हुँदा यताका मतदाता बन्ने र भारतमा चुनाव हुँदा उता भोट हाल्न पनि तयार हुन्छन्,’ यादवले भने ।

दसगजा क्षेत्र अतिक्रमण गरेर घर बनाउने क्रम बढ्नुका साथै नेपालतर्फका सीमास्तम्भसमेत हरेक वर्ष हराउने गरेका छन् । मोरङसँग जोडिएको २१ ठाँउमा सीमा अतिक्रमण भएको  पाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक भोला गिरीले बताए । मोरङको सीमावर्ती क्षेत्रमा रहेका जंगे र सहायक गरी एक सय २४ वटा सीमास्तम्भमध्ये ४१ वटा सीमास्तम्भ हराएको र अहिले ८३ वटा मात्र बाँकी रहेको गिरीले जानकारी दिए । ‘त्यसमा मोरङको बरडंगा गाविसले छोएको स्थानका सीमास्तम्भ सबैभन्दा बढी हराएको पाइएको छ,’ सशस्त्र प्रनाउ गिरीले भने ।

बरडंगामा मात्रै २७ वटा सीमास्तम्भ हराएका छन् । त्यसैगरी विराटनगरको सिमानामा आठ, रंगेलीमा तीन र झुर्कियामा दुईवटा पिलर हराएको सीमा सुरक्षा कार्यालयले जनाएको छ । बाँकी रहेकामध्ये पनि १८ वटा स्तम्भ भत्किन थालेकाले मर्मत गर्नुपर्ने अवस्थामा छन् । मोरङका १२ गाविस भारतीय सीमासँग जोडिएका छन् । भारतसँग ५५ किलोमिटर सीमा जोडिएको मोरङमा असुरक्षाका कारण एक दशकसम्ममा सीमास्तम्भको निरीक्षण र मर्मत हुन नसक्दा सीमा अतिक्रमण र सीमास्तम्भ हराइरहेका छन् ।

‘स्तम्भ कहाँ थिए भन्ने संकेतसमेत छैन,’ गिरीले भने । उनका अनुसार नेपाल भारत-सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले विगतमा निर्माण गरिएका घरटहरा हटाउन कूटनीतिक पहल गर्ने र नयाँ निर्माण भए संयुक्त रूपमा हटाउने सहमति भएको छ ।

नेपाल-भारत सुरक्षासम्बन्धी बैठकमा सीमा र पिलरका कुरा उठे पनि मौखिक रूपमा एकअर्कालाई सूचना आदानप्रदान गर्ने सहमति हुने गरेको, तर त्यसको कार्यान्वयन हालसम्म दुवै पक्षबाट हुन नसकेको प्रनाउ गिरीले बताए । नेपाल-भारत संयुक्त प्राविधिकस्तरीय समिति खारेज भएकाले सीमासम्बन्धी काम दुई वर्षयता हुन नसकेको नापी शाखा मोरङले जनाएको छ ।

दशक लामो द्वन्द्वको समयमा स्तम्भको निरीक्षण तथा मर्मत गर्न नसक्दा अभिलेख उल्लेख भएका अन्तर्राष्ट्रिय स्तम्भ हराएको स्वीकार गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले हराएका स्तम्भ र तिनको यथास्थान पत्ता लगाई पुनस्थापना र जीर्ण स्तम्भ मर्मत गर्न नेपाल-भारत सीमा अधिकारीबीच विगतमा सहमति भएको बताए ।

One Response to “दसगजा मिचेर घर निर्माण तीव्र”

  1. Kathmandu said

    Dhukha lagyo padera..neta haru kurchi kai chinta chha… Nepali neta murdabad…go to hell

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: