Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

कोशीमा बाढीले जनजीवन प्रभाबित

Posted by Ram Kumar Shrestha on July 24, 2010


कोशी नदीमा पानीको सतह  बढन जादा कोशी ब्यारेज खतरामा पर्न गएको छ । कोशी नदीमा २ लाख ५0 हजार क्युसेक पानी प्रति सेकेन्ड  भन्दा  बडी बग्न थाली सकेको छ  र पानीको बहाव बढेपछि ५२ ढोका मध्ये ३६ वटा ढोका मात्र खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । उक्त ब्यारेज  को ढोका खोल्नी बन्दगर्नी काम भारताय पक्ष्यका सुरक्ष्याकर्मीबाट हुन्छ । यस वर्षकै सबभन्दा बढी पानीको बहाव बढेपछि भएपछि ब्यारेज नियन्त्रण कक्षले आवश्यक सम्पूर्ण सतर्कता नअपनाइएको कारण त्याहाको जनजीवन अस्तबेस्त भएको छ । ०६५ भाद्र २ गते कोशीमा १ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेन्ड रहेको अवस्थामा तटबन्ध भत्किएको र अहिलेसम्म  ढोकाको मर्मत संभार  पूर्ण रुपमा  नभैसकेको अवस्थामा पानीको बहाव बढ्दै गएकोले ब्यारेज कुनै पनि बेला खतरामा पर्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ र  ब्यारेज मा खतरा  को रातो  बत्ति बलिसकेको छ ।

कोशी र गण्डक सन्धीहरु:
सतहमार्गबाट पूर्वी नेपाल जाने प्रत्येक नेपालीको आत्मा तब रुन्छ जब नेपाली भूभागमा कोशी परियोजना अन्तर्गत निर्मित बाँधको पनि काम गर्ने पुल तर्दा यो संरचनाको सुरक्षाको जिम्मा भारतको हो भन्ने बोध हुन्छ । गण्डक परियोजना अन्तर्गत नेपालको भूभागमा निर्मित बाँधमा पनि यस्तै भएतापनि कम नेपालीले मात्र यो बाँध देख्छन् र थाहा पाउंछन् कि यसको जिम्मां पनि भारतकै छ भन्ने ।
यी आयोजनाहरु कार्यान्वयनार्थ क्रमसः २०११ तथा २०१६ सालमा सम्पन्न गरिएका कोशी र गण्डक सन्धीहरुमा यसरी नेपाली भूभागमा निर्मित संरचनामा भारतीय सुरक्षाकर्मी रहने प्रावधान नभएतापनि तत्कालिन सरकारहरुले यस सम्बन्धमा आँखा चिम्लिंदा एउटा सार्वभौम तथा स्वाधिन राष्ट्रमा बिदेशी सुरक्षाकर्मी कार्यरत रहेको अवस्था छ ।

कोशीको बाडी भिडियो हेर्नलाई  कृपया तल क्लिक गर्नुहोला:-
Click here to watch Part 1

Click here to watch Part 2

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: