Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाली भूमिमा

Posted by Ram Kumar Shrestha on July 19, 2010


नयाँ पत्रिका By राम नारायण विश्वाश


सप्तरी, १ साउन

सप्तरीको करिब एक हजार बिघा नेपाली भूमि अतिक्रमण गरेर भारतीय नागरिकले निर्बिघ्न रूपमा खेती गर्दै आएका छन् । वर्षौंदेखि नेपाली भूमिमा पसेर खेती गर्न थालेका भारतीयलाई हटाउन सरकारले कुनै पहल गरेको छैन ।

सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म सात किलोमिटरको दुरीमा रहेको एक हजार विघाभन्दा बढी नेपाली भुमि भारतीयले अतिक्रमण गरेका हुन् । उनीहरुले सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर-टहरा निर्माण गरेका छन् भने दशगजा क्षेत्र मिचेर ग्रामिण सडकसमेत बनाएका छन् । लालापट्टी र गोविन्दपुर गाविस तथा भारतको विहार राज्यको राजपुर र न्यौर गाउको बीचमा रहेको दशगजा क्षेत्र पुरै भारतीयको कब्जामा छ । उनीहरुले त्यहाँ घरै बनाएर बसोबास गर्दैआएका छन् ।

लालापट्टीका किशोरकुमार यादव भारतीयले दशगजा हुदै प्रत्येक वर्ष नेपाली भूमिमा अतिक्रमण बढाउदै लगेको बताउछन् । दशगजामा निर्माण भएका सबै घर भारतीयको रहेको उनको भनाई छ ।

सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म सात किलोमिटरको दूरीमा रहेको एक हजार बिघाभन्दा बढी नेपाली भूमि भारतीयले अतिक्रमण गरेका हुन् । उनीहरूले सो क्षेत्रमा तीन दर्जनभन्दा बढी घर-टहरा निर्माण गरेका छन् भने दसगजा क्षेत्र मिचेर ग्रामीण सडकसमेत बनाएका छन् । लालापट्टी र गोविन्दपुर गाविस तथा भारतको बिहार राज्यको राजपुर र न्यौर गाउँको बीचमा रहेको दसगजा क्षेत्र पूरै भारतीयको कब्जामा छ । उनीहरूले त्यहाँ घरै बनाएर बसोवास गर्दै आएका छन् ।

दशगजा क्षेत्रमा भारतीयले बनाएका घर टहरा

लालापट्टीका किशोरकुमार यादव भारतीयले दसगजा हुँदै प्रत्येक वर्ष नेपाली भूमिमा अतिक्रमण बढाउँदै लगेको बताउँछन् । दसगजामा निर्माण भएका सबै घर भारतीयको रहेको उनको भनाइ छ ।

अतिक्रमित भूमिमा भारतको राजपुरका श्याम यादव, वासुदेव यादव, मनोजकुमार पण्डित, मंगल रजकलगायतले वर्षौंदेखि खेती गर्दै आएका छन् । स्थानीय शिक्षक अशोक रजकका अनुसार उनीहरूको घर दसगजा क्षेत्रमा रहेको छ । यता, भारत सरकारले नै दसगजा मिचेर कच्ची ग्रामीण सडक बनाएको छ । हाल सो सडकमा पक्की कल्भर्टको निर्माण थालिएको छ ।

भारतीयले नेपाली भूमि अतिक्रमण गरेर खेती गर्दै आए पनि रोक्न ठोस पहल भएको छैन । गत वर्ष असारमा सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामविलास राय यादवसहित सुरक्षा निकायका प्रतिनिधिको अनुगमनमा नेपाली भूमि अतिक्रमण गरेको तथा दसगजामा घर बनाएको पाइएको थियो । तर, भारतीयलाई नेपाली भूमिबाट हटाउन सरकारले कुनै पहल गरेन ।

तत्कालीन प्रजिअ रायले दसगजा क्षेत्रमा कसैले घर बनाउन नपाउने उल्लेख गर्दै गृह मन्त्रालयमा जानकारी गराएर समस्या समाधान गर्ने बताएका थिए । तर, उनको सरुवा भएपछि नेपाली भूमि अतिक्रमण गरेर खेती गर्ने क्रम झन् बढेको लालापट्टीका किशोरकुमारले बताए ।

भारतीयले नेपाली भूमिमा खेती गर्न थालेपछि स्थानीय बासिन्दालाई चरिचरनको समेत समस्या भएको छ । ‘सुरुमा नेपाली भूमि बाँझो रहेकोले चरिचरनमा समस्या थिएन,’ गोविन्दपुरका बासिन्दा शिवनारायण यादवले भने, ‘अहिले निकै समस्या परेको छ ।’ उनका अनुसार भारतीयले उपभोग गरेको नेपाली भूमिमा स्थानीयवासीका गाईवस्तु गएमा कुटपिट गरेर धपाउँछन् ।

एक सय ५६ वटा सीमास्तम्भ हराए

सप्तरीको १६ वटा गाविसमा नेपाल-भारत सीमा छुट्याउन गाडिएका एक सय ५६ वटा सीमास्तम्भ हराएका छन् । उक्त सीमाक्षेत्रमा २८ वटा जंगेपिलर (ठूलो स्तम्भ) र तीन सय ५५ वटा सानो पिलर गरी जम्मा तीन सय ८३ वटा सीमास्तम्भ गाडिएका थिए । जसमध्ये ९ वटा जंगेपिलर र एक सय ४७ सानो पिलर हराएका हुन् ।

टापुजस्तो गाउँको रूपमा रहेको सप्तरीको गोबरगाढा गाविसमा मात्र तीनवटा जंगे र ३० वटा साना सीमास्तम्भ हराइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत वर्ष गरिएको निरीक्षणका क्रममा लालापट्टी गाविसअन्तर्गत ४७ वटामध्ये १९ वटा सानो पिलर (बेसाबुत) हराएको पाइएको थियो । पूर्वमा रहेको कोसीनदीदेखि पश्चिममा बलाननदीसम्म सप्तरीको सीमा क्षेत्रको दूरी ७८ किलोमिटर छ ।

सीमाक्षेत्र तथा सीमास्तम्भको सुरक्षाका लागि प्रत्येक ६/६ महिनामा सीमाक्षेत्रको अवलोकन गर्नुका साथै सीमास्तम्भको निरीक्षण गर्नुपर्ने सीमाविद्हरू बताउँछन् । तर, अनुगमनको अभावमा अधिकांश सीमास्तम्भ भत्केको पाइएको छ भने ठूला स्तम्भ (जंगेपिलर) हराउने क्रम पनि जारी छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: