Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

६ सीमास्तम्भ गायब

Posted by Ram Kumar Shrestha on July 2, 2010


Nayapatrika

भीम चापागाईं

पटक-पटक भारतीय पक्षबाट अतिक्रमण हुने गरेको इलामका श्रीअन्तुस्थित छब्बीसे । यहाँ भारतीय सुरक्षाकर्मीले सुरक्षापोष्ट स्थापना गरेको भए पनि केही महिनायता हटाएको छ ।

इलाम, १८ असार : नेपाल र भारतको सीमावर्ती इलामको श्रीअन्तुस्थित छब्बीसेदेखि पाँचथरको सिदिनसम्मका ६ सीमास्तम्भ गायब भएका छन् । त्यस क्षेत्रमा एक सय नौ सीमास्तम्भ हुनुपर्नेमा एक सय चार मात्र फेला परेको सीमा प्रशासन कार्यालय पशुपतिनगरले बताएको छ ।

चेक-जाँचका क्रममा सो क्षेत्रका ७१/२०, ७१/२१, ७१/२२ र ७१/२३ सीमास्तम्भ नभेटिएको कार्यालय प्रमुख यज्ञ आचार्यले बताए । श्रीअन्तु गाविसस्थित दीपकमल सामुदायिक वन क्षेत्रको ७२/३ र ७२/४ नम्बरका नेपाल-भारत सीमास्तम्भसमेत निरीक्षणका क्रममा नभेटिएको र भेटिएकामध्ये पनि केही पूर्ण रूपमा भत्किएको आचार्यले जनाए ।

सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सीमा प्रहरी कार्यालय पशुपतिनगरले करिब ६ महिनाअघि १२ दिन लगाएर गरेको सीमास्तम्भ निरीक्षणमा पाँच हराएका सीमास्तम्भ नयाँ बनाउनुपर्ने, १६ मुख्य र सहायक स्तम्भ भत्किएको पाएको छ ।

इलामको गोर्खेस्थित मर्चेङमा रहेको १९/२ र श्रीअन्तु-८ मा रहेको ७२/६ एम लेखिएको सीमास्तम्भ पूर्ण रूपमा भत्किएको छ । ‘हराएका सीमास्तम्भका ठाउँमा नेपालीले ढुंगाको अस्थायी सीमा गाडेका रहेछन्,’ उनले भने, ‘पाँचथरको फालौटदेखि इलामको छब्बीसेसम्ममा २६ मुख्य सीमास्तम्भ, ४८ सहायक स्तम्भ र ९१ संाकेतिक स्तम्भ हुनुपर्नेमा सीमास्तम्भ हराउने, भत्किने गरेकाले यसको पुनर्निर्माण र मर्मत गर्न आवश्यक छ ।’

नेपाल-भारत सीमा क्षेत्रका दुवैतिरका गोठालाले लठ्ठी काट्नका लागि सीमास्तम्भलाई अचानोका रूपमा प्रयोग गर्ने गरेकाले भत्किएका यी सीमास्तम्भलाई तत्काल मर्मत र रंगरोगन गर्न आवश्यक देखिएकोे छ । केही सीमास्तम्भमा भारतपट्टकिो सीमा नम्बर भए पनि नेपालपट्टकिो सीमा नम्बर नै नलेखिएको पाइएको छ । ‘मुख्य र सहायक सीमास्तम्भको आकार पनि उत्रै भएकाले कुन मुख्य र कुन सहायक सीमास्तम्भ हुन् छुट्टयाउन कठिन छ,’ आचार्यले भने ।

उनका अनुसार मानेभन्ज्याङ-फाटकलगायतका सीमाक्षेत्रमा कहीँ २० मिटरको दूरीमा सीमास्तम्भ गाडिएको छ भने कहीँ डेढ किलोमिटरको दूरीमा स्तम्भको दिशासमेत फरक-फरक पारेर गाडिएको छ ।

इलामको छब्बीसे, समालबुङ, मेघ्मा, तुम्लिङलगायतका दसगजा क्षेत्रमा भारतीय र नेपाली समेतले गुम्बा, मन्दिर, सुँगुरको खोर बनाउनुका साथै फोहोर फाल्नसमेत प्रयोग गरेका छन् । केही महिनाअघि भारतीय पक्षले श्रीअन्तुको छब्बीसेमा भौतिक सुरक्षापोस्ट राखेको भए पनि अहिले त्यहाँबाट केही पछि सरेको छ । तर पनि वेला-वेलामा भारतीय पक्षले दसगजा क्षेत्र मिचेर बनाउने गरेको भौतिक संरचना निर्माणले नेपाली सीमाक्षेत्र मिचिने क्रम नरोकिएको देखाएको छ । नेपाल सरकारले सीमा अद्यावधिक नगरेका कारण आफूहरू भारतको सीमा अतिक्रमणका मारमा पर्नुपरेको सीमाक्षेत्रका नेपालीको भनाइ छ ।

पूर्वी नेपालका विभिन्न स्थानमा भारतीय पक्षबाट बर्सेनिजसो सीमा अतिक्रमण हुने र विवाद हुने क्रम जारी छ । स्थानीयवासीको पहलमा सीमा सुरक्षाको आग्रह हुने गरेको भए पनि दर्जनौँपटक राज्य पक्षबाट सीमा निरीक्षण गर्नेबाहेक नेपाली भूमिको रक्षाका लागि उपलब्धिमूलक पहल गर्न सकेको छैन ।

भारतीय पक्षबाट हरेक वर्ष पूर्वी इलाम, पाँचथर, झापा र ताप्लेजुङका विभिन्न सीमावर्ती स्थान अतिक्रमणको चपेटामा पर्दै आएका छन् । भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले सीमावर्ती क्षेत्रका नेपालीलाई हप्काएर जबरजस्ती रूपमा सीमास्तम्भ सार्ने र उखेलेर फाल्ने गरेको भए पनि नेपाल पक्ष भने सधैँ चुप लागेर बस्ने र झारो टार्नका लागि मात्र सीमा अनुगमन गर्ने गरेको स्थानीय नेपाली बताउँछन् ।

कतिपय भारतीय नागरिकले भने नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको स्वीकार गर्दै आफूहरू चाहेर पनि नेपालीको पक्षमा बोल्न नसक्नेे बताउँछन् । ‘नेपालका धेरै सीमा भारतबाट मिचिएको छ, तर हामी त्यसो भन्न सक्दैनौँ,’ नेपाली मूलका एक भारतीयले भने ।

इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर छ । जिल्लाको पूर्वी अन्तुगाउँ विकास समितिको गुफापातालमा ११ रोपनी, उत्तरी सन्दकपुरमा चार रोपनी र पूर्वी पशुपतिनगरस्थित हिले, मानेभन्ज्याङ, छब्बीसेलगायतका स्थानमा नेपाली  भू-भाग मिचिएको  छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: