Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

राष्ट्रियतासम्बन्धी नयाँ समस्या र कपिलबस्तु दिवस अभियान

Posted by completenepal on May 16, 2010


By रामकुमार श्रेष्ठ

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियताको प्रश्न भन्नाले कुनै पनि देशको स्वाभिमानसंग प्रत्यक्ष सरोकार राख्ने प्रश्न बुझिन्छ । अत: कुनै देशको  राष्ट्रियताको समस्या भन्ने बित्तिकै उक्त देशको स्वाभिमानमा आँच आउने किसिमले अर्को पक्षद्धारा गरिने कुनै पनि किसिमको गतिबिधिलाई बुझिनु पर्ने हुन्छ  । वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गर्न थालेको देखिन्छ, भारतले  करोडौं रुपयाँ खर्च गरेर नक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS [1] जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्‍यो बुद्धलाई उही भारतीय परिचय दिंदै, संसारका थुप्रै देशहरुमा पढाईने पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भन्ने कुराको उल्लेख गरेको पाईन्छ । सामान्य अवस्थामा कुनै पनि सरकारको सबभन्दा प्रमुख दायित्वहरु भनेकै राष्ट्रिय स्वाधिनताको रक्षा, शान्ति सुरक्षाको सुनिस्चितता र जनताका नैसर्गिक आवश्यकताहरुको परिपूर्ति गर्नु हो । अत: सरकार आँफै यस्ता संबेदनशील बिषयहरुमा बोल्न र आबस्यक कार्यबाही अगाडि बढाउनु पर्नेमा जन दबाब, संचारकर्मी र कलमकर्मीहरुको दबाबका बाबजूद पनि सरकारी पूर्ण मौनता अत्यन्तै आस्चर्यको कुरा हो । यस्ता कुरामा सरकार आँफै अग्रसर हुँदा समस्या समाधानका संभाबना जति सहज हुन्छ त्यत्ति सहज अरुले गर्दा हुन सक्तैन । र पनि नेपाली जनता आ-आफ्नै किसिमले आफ्नो राष्ट्रियताको संरक्षणको लागि जतिसुकै समस्या सामना गर्न परे पनि संघर्षरत देखिन्छन । उपर्युक्त संपूर्ण घटनाहरुले नेपालको राष्ट्रियताको अवस्था स्पस्ट गर्छ ।

नेपालको रास्ट्रियतामाथि प्रश्न चिन्ह उठाउने उपर्युक्त घटनाहरुमा PBS, गुगल र बिभिन्न देशका पाठ्य पुस्तकहरुमा उल्लिखित बुद्धको जन्म स्थानबारेको गलत जानकारी जस्ता घटनाहरुलाई नेपालको रास्ट्रियतामाथिको नयाँ र फरक समस्याको रुपमा लिइनु पर्ने हुन्छ । किनकि यी समस्याहरु आँफैमासमस्या सिर्जना गर्ने अभिप्रायले अभिप्रेरित भएको नभएर लामो समयसम्म विस्वलाई दिग्भ्रमित तुल्याउने गतिबिधिका कारण सिर्जित अवस्थाका परिणामहरु हुन । यसरी नै हाम्रो राष्ट्रियतासम्बन्धी नयाँ समस्याको एउटा ज्वलन्त उदाहरण गत बर्ष संसारका बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजीबिहरुले कपिलबस्तु दिबस अभियान बिस्व दिवसको रुपमा मनाउने तयारी गरिरहेका बेला देखिएको यो घटना हुन सक्छ । एउटा आध्यात्मिक समूहको सकृय सदस्य फ्रान्स र जर्मनीमा बसोबास गर्ने  मेरा एक बिदेशी मित्र राहो जोएले कपिलबस्तु दिबसलाई कसरी सहयोग गर्न सकिन्छ भनी मसंग जिज्ञासा राखेपछि मैले बताए अनुरुप उन्ले अन्तरराष्ट्रिय सामाजिक सन्जाल  फेसबुक मार्फत आफ्ना साथीहरुलाई समेत हाम्रो सो अभियानमा सहभागी गराउन उत्प्रेरित गर्ने किसिमले काम गरेको पाएँ र उन्का थुप्रै साथीहरुको त्यस्मा सहमति भएको देखिन्थ्यो, तर दु:खको कुरो कपिलबस्तु दिबस अभियानको लोगोको तल उन्ले कार्यक्रमबारे जानकारी राख्ने क्रममा कपिलबस्तु र कोस्ठमा भारत लेखेका रहेछन । (अभियानको लोगो र लोगोको तल राहो जोएद्धारा अभियानको प्रचार प्रसार गर्ने क्रममा लेखिएको कुरा जानकारीको लागि संलग्न गरिएको  छ । ) नेपालको रास्ट्रियतासंग सरोकार राख्ने यी फरक किसिमको समस्या सिर्जना हुनुको कारण केही हदसम्म बिस्लेषण गरिनु आबस्यक देखिन्छ यी समस्या समाधान गरी भबिस्यमा यस किसिमका समस्याले जन्म लिन नसकोस भन्नाका  खातिर ।

कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि

Kapilvastu is not in India, but due to Indian media influence in the world many people think that Kapilvastu is in India and not in Nepal. That's why the importance of this programme "Kapilvastu Day Movement"

आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले लागि रहेको छ । नेपालको आफ्नै किसिमका राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा विस्व शान्तिका खातिर बुद्धका शान्तिका सन्देशहरुलाई अरु प्रचार प्रसार गर्ने, बिस्व शान्ति अभियानमा संलग्न संस्थाहरुसंग हातेमालो गर्ने जस्ता उद्धेस्यहरु लिएर गत बर्षदेखि गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी प्रत्येक बर्ष डिसेम्बर १ तारिखलाई कपिलबस्तु दिबस मनाउन बिस्वभर छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा शुरु गरिएको यो अभियानमा माथि उल्लिखित कारणहरुले गर्दा मौन रहेका नेपालीहरुद्धारा अस्वीकृत गरिनु पर्ने उपर्युक्त दुस्प्रयासलाई निस्तेज गरिनु पर्ने आवश्यकतालाई पनि यस अभियानले आफ्नो उद्धेस्यको रुपमा समेटेको छ । सत्यको रक्षा गर्दै विस्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु हाम्रो कर्तब्य हो भने शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर र कदर पनि ।

भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS [1] द्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु, राहो जोएद्धारा गरिएको गल्तीहरु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ । उनीहरुको लागि महत्वपूर्ण बुद्ध र बुद्धका उपलब्धीहरु हुन, तर बुद्धका बारे प्राप्त जानकारीको श्रोतको नियतबारे भने उनीहरु अनभिज्ञ देखिन्छन । किनकि मौन अवस्थामा रहेका नेपाल सरकार, नेपाली संचार माध्यमहरु र बुद्धिजीविका कारण नेपालको तुलनामा धेरै गुणा सशक्त देखिने भारती संचार माध्यम र बुद्धुजीविको एकलौटी र एकतर्फी अभियानले बिस्वमा नै यतिसम्म प्रभुत्व जमाउन सफल भयो कि अधिकांश देशका पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी लेखाउने बातावरण बनिसक्यो र झन्डै ९०% चिनीया बुद्धिस्टहरु समेत यही भ्रमको शिकार भएको पाईन्छ । त्यसैले लुम्बिनीको कारण नेपालको रास्ट्रियतामाथि आँच आउने जुन किसिमको नयाँ समस्या देखा परेको छ त्यस्को निराकरण गर्नु हाम्रो सामू एउटा प्रमुख दायित्व हुन आउने देखिन्छ यो समस्या बुद्धसंग सीधै सम्बन्धित भएको कारण ।

यहाँनेर अनौठो कुरो के छ भने भारत सरकार यस अभियानमा मौन बसेको छ र उस्ले कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको छैन । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेर झन्डै अन्तिम अवस्थामा पुगिसकेको नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ ।  र बर्तमान सरकारका संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले पनि एउटा टेलिभिजन अन्तर्बार्तामा भारत सरकारले नै यस किसिमको दाबी आधिकारिक रुपमा नगरेको कुरा उल्लेख गर्नु भएको छ । भारतको आधिकारिक सरकारी निकायसंग पनि बुद्ध भारतमा जन्मेको आधार छैन भन्ने कुराको पुस्टि यो पत्रले पनि प्रस्ट पार्छ :

From: National Archives of India
To: Rana 1616
Sent: Tue, February 2, 2010 12:57:35 AM
Subject: Re: BUDDHA’S BIRTH PLACE/CONTROVERSY AGAIN/ THE POST-AMERICAN WORLD

F.No. 11-2/2010-R-I,
Government of India,
National Archives of India,
Janpath, New Delhi-110 001,

From: archives@nic.in
To : “Rana 1616”rana1616@yahoo.com
F.No. 11-2/2010 R-I
Subject: Buddha’s birth place.

Sir,

This has reference to your e-mail dated 18 January 2010 on the aforementioned subject. I am to inform you that the desired information is not available in the record holdings of National Archives of India. However, you may contact the following addresses for eliciting the desired information.

Yours faithfully,

for Director General of India,
Government of India.

त्यसो भए समस्या कहाँ त?
भारत सरकार नक्कली कपिलबस्तु निर्माण अभियान तथा बुद्ध भारतमा जन्मेको भन्ने बिषयमा मौन बसेको देखिन्छ र उस्ले कहीं पनि बुद्ध भारतमा जन्मेको भन्ने कुरामा आधिकारिक धारणा ब्यक्त गरेको देखिन्न । यतिसम्म कि करोडौं रुपयाँ लगाएर यत्रो बर्ष काम भैसकेपछि करीब ८०% काम सकाइ २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले जोडका तोड साथ काम हुँदा पनि नक्कली लुम्बिनी निर्माण कार्यमा समेत सरकारी संलग्नता नभएको देखाइरहेको छ । २००९ मा भारतले कपिलबस्तु दिवस नै मनायो । के यो संभब छ कि भारत सरकार यी संपूर्ण गतिबिधिबाट अनभिज्ञ छ? के यो संभब छ कि दुनियाँभरको जानकारी भएको देखाउने किसिमले बिस्लेषण गर्ने अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरिया बुद्धको जन्म स्थानका बारेमा अनभिज्ञ छ? उस्को The Post American World जलाइयो, उन्को कार्यको बिरोध गरिएको कयौं समाचार र बिरोधका प्रतिकृयाहरुका लिंकहरु पठाइएका छन, उनकै फ्यान क्लबमा उन्को त्यस कार्यको प्रसस्त बिरोध भएको छ, तर आजसम्म उन्ले नैतिकताका आधारमा कुनै पनि किसिमले क्षमा याचना गर्ने नैतिकता प्रदर्शन नगरी अमेरिकामा बसेर पनि भारतीय मानसिकताकै प्रदर्शन गरिरहेका छन । त्यसैले यो समस्याको जड भनेको नियत र नैतिकताको हो, यो समस्याको आधार भनेको छिमेकीसंग गरिने व्यबहारको पुरानै बानीको निरन्तरताको हो ।         

भारत किन यसो गर्दैछ त?
यूनेस्कोले बिस्व संपदा सूचिमा पारिसकेको वास्तबिक लुम्बिनी नेपालमा हुँदाहुँदै नक्कली लुम्बिनी बनाएर जानाजान दुनियाँको अगाडि कुनै न कुनै दिन पूर्ण रुपमा नांगिने काम किन गरिरहेको होला त भारतले ? यस्का पछाडि ‘मानो लगाएर मुरी भित्र्याउने’ भारतीय नीति रहेको स्पस्ट देखिन्छ । किनकि बुद्ध सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव, दार्शनिक  भएकाले उनी संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएका छन जस्ले ज्ञान र प्रेमको शान्तिप्रिय माध्यमबाट युगौँदेखिको हिंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट फाली नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए र उन्का सन्देशहरु दिन प्रतिदिन झन झन सान्दर्भिक र अझ बढी महत्व पाउनु पर्ने महसूस संपूर्ण मानब मात्रले गरेका छन । बुद्धको यही बिस्वब्यापी महत्व र आदरबाट लालायित भारतले बुद्धलाई बलजफ्ती भारती प्रमाणित गर्दै नक्कली लुम्बिनी मार्फत बिस्वको भ्रमित टुरिस्टलाई भारतमा भित्र्याएर दीर्घ कालीन फायदा लिने अभिप्रायले भारत यो दुस्प्रयास गर्दैछ सत्यका पर्यायबाचि बुद्धमाथि असत्यको खेती गरेर । कुरोको चुरो यही हो भन्ने देखिन्छ ।

समस्याको समाधान के त?
वास्तबमा यो समस्या लामो समयसम्म समस्याको रुपमा रहन सक्तैन यदि नेपाल सरकारले यस्लाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याको समाधनका लागि नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थानका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्ने हो भने यी समस्या र यी समस्याको प्रिस्ठभूमिमा रहेर देखा परेका र पर्ने अन्य समस्याहरु स्वत: कमजोर भएर जानेछन । जाकारीया जस्ता प्रब्रितिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन र उठाइहाले पनि कुहिराको काग हुनेछन । नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसंग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ता कि दिग्भ्रमित बिस्व जनमतमा भएको भ्रम निवारणमा सहयोग पुगोस । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्नु पर्दछ जुन कार्य ब्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुन सक्छ ।

कपिलबस्तु दिवस अभियानको दायित्व के त?

कपिलबस्तु दिवस अभियानले जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, आफ्नो ब्लग मार्फत यस किसिमका भ्रमहरुलाई निस्तेज पार्न सक्दो प्रयास गर्ने, PBS ले बुद्धका बारे गलत जानकारी सहित भिडिओ निकाल्न लागेकोमा बिरोध गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ ।

नक्कली लुम्बिनी र विस्वभरी नै बुद्धको जन्मस्थलको सम्बन्धमा सिर्जना गरिएको भ्रमका कारण नेपालले दुई किसिमका समस्याहरु सामना गर्न परिरहेको छ: राष्ट्रियताको र पर्यटनको । दिग्भ्रमित हजारौं पर्यटक बुद्धको जन्मस्थल भन्दै भारत जाने गर्छन् यथार्थ बोध नहुनाले । यस किसिमका समस्याहरु सरकारी तर्फबाटै समाधानका लागि प्रयास गरिंदा समस्या समाधान छिटो र सहज हुने भएकोले नेपाल सरकारलाई नक्कली लुम्बिनी जस्ता बिषयमा सीधै भारत सरकारसंग कुरा गर्ने र बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा भएका बुद्धको जन्मस्थलका बारेमा भएको भ्रम निबारणका लागि कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसंग कुराकानी गर्नका लागि दबाब दिइनु पर्छ । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समय भित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पुरा गर्न झकझक्याउनु पनि यस अभियानले आफ्नो कर्तब्यको रुपमा लिनेछ नेपालमा दायित्व बोधले प्राथमिकता पाउन नसकेको प्रिस्ठभूमिमा । त्यसरी नै यस किसिमका समस्याहरुलाई समाधान गर्न आफ्नो क्षमताले भ्याएसम्म बिभिन्न तवरले  प्रयासरत रहनु यस अभियानको एउटा मुख्य जिम्मेवारी हुनेछ ।

हामी नेपालमा बसेर बुद्ध नेपाल जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन र माथि उल्लेख गरिएका कारणले गर्दा बिस्वका अधिकांश जनता दिग्भ्रमित छन । ती दिग्भ्रमित जनताका अज्ञानताका कारण PBS तथा गुगल जस्ता समस्याहरु देखा परिरहन्छन । अत: समस्याको गांभीर्यताको कारण नेपाल सरकारको प्रत्यक्ष सकृय सहभागिता बिना समस्या समाधान सहज छैन, तर पनि सरकारलाई पनि आबस्यक दबाब दिंदै सबैले नागरिकीय जिम्मेवारी बोध महसूस गर्दै आ-आफ्नो क्षमताले सक्दो योगदान दिने हो भने निकट भबिस्यमा यो समस्या समस्याको रुपमा देख्न नपर्न पनि सक्तछ ।

[1] PBS is made up of more than 350 local public noncommercial TV stations and reaches more than 115 million people each month through on-air and online content, and, increasingly, in other platforms. PBS content is available on air through its local stations and, for many programs, online, in the form of podcasts, blogs, video clips, and full episodes.
Key programs include PBS KIDS & PBS KIDS GO! series, as well as NATURE, MASTERPIECE, ANTIQUES ROADSHOW, GREAT PERFORMANCES , BILL MOYERS JOURNAL, TAVIS SMILEY, WASHINGTON WEEK, FRONTLINE and THE PBS NEWSHOUR

One Response to “राष्ट्रियतासम्बन्धी नयाँ समस्या र कपिलबस्तु दिवस अभियान”

  1. […] Greater Nepal Blog […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: