Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

लोकतन्त्र – जिन्दावाद!

Posted by completenepal on April 25, 2010


आज, लोकतन्त्र दिवस । ०६२/०६३ को आन्दोल सफल भएको दिन गगनभेदी नारा घन्काउदै सातदोबाटो, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपोन्डोल, सुन्धारा, सहिद गेट, पुतलिसडक, बागबजार हुँदै रत्नपार्कको आमसभामा पुगेको र कालिमाटीबाट बल्खु हुँदै जावलाखेल पैदल फर्किएको क्षण झलझली याद आइरहेकोछ । चार बर्ष अगाडि बैशाख ११ गत्तेका दिन असीमित जोश, उमँग र खुशीले तरङित थिएँ, तर अहिले केही शिथिल र निराश छु । त्यसैले, केही लेख्न खाशै मन त छैन तै पनि जनताको बिजयको त्यो दिनलाई सम्झने कोशीस गरिरहेकोछु । यतिखेर मैले सम्पूर्ण नेपालीको संघिय गणतान्त्रिक मुलुकप्रतिको आशा र बितृस्णा राम्ररी महशुस गरिरहेको छु ।
——————

लोकतन्त्र ल्याए पनि शोकतन्त्र दियौ नेता ।
संम्रिद्ध जन चाहनामा बाधक भयौ नेता ।

बलिदान र योगदानको उच्च कदर गर्न छाडि
प्यास मेट्न सहिदको आलो रगत पियौ नेता ।

शान्ती र संबिधानको सुगा रटाइ तिम्रो
नैतिकता र आदर्शको कुन राजनीति गर्यौ नेता !?

परिवर्तनको स्वप्नफूल फुलाउने आकांक्षामा
आश्वासनको खेतमा झुटा बिज छरी रह्यौ नेता ।

अन्योलताको निकासपछि बिकासको आशा थियो
मानवीय संबेदनाहिन फगत जीवन जियौ नेता ।

मरिरा’छन गरीबहरु जीवनजलको अभावमा
कुर्सी च्याप्ने कुर्सी ताक्ने मोह मात्र पाल्यौ नेता ?

सहमतीय राजनीति निर्बिकल्प बुझ्दा बुझ्दै
सहकार्य, एकताको मूल मन्त्र भुल्यौ नेता ।

चन्द्र चिन्तन
http://madihungri.blogspot.com/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: