Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

नेपाल आमाको क्रन्दन

Posted by completenepal on April 1, 2010


By ठाकुर प्रसाद पण्डित

सडक-सदन सदन-सडक पर्चा र पोष्टरहरु
नारा, जुलुस, राँको भाषण खाली खाली पेटहरु
चुनाव गोली लाठी मुग्री आखिर सब यो किन
भोगेँ धेरै यो छातीमा म बिर्सन सक्तिन ।

च्याहाँ गर्दछ बालक प्रत्येक मिनेट यो काखमा
बैज्ञानिक हुँ भन्दै बोल्दछ ऊ प्रकृतिको भाकामा
कोट्याउन खोज्दै यो छाती रहस्य किन खोलिरहन्छ
झट्का हुँदा गरिबीको च्वास्स यसै पोलिरहन्छ ।

भोको पेट र नाङ्गो आङ्ग छोप्नुपर्दा करोडौंको
उद्योगी र अल्छी अनि बालक बृद्ध सबैको
आफ्नै खुर्पा आफ्नै नाम्लो आफ्नै जाँगर झिके पो
दुखाउन आफ्नो थाप्लो आफ्नै डोको बोक्न सिके पो

इतिहासका साक्षी मेरा काठे ढुङ्गे मूर्तिहरु
परिश्रमी कालिगढका स्वाभिमानी फूर्तिहरु
जोगाउनै कठिन भो यो छातीमा सधैंभरी
किन किन पोल्छ मुटु डढेलोले घरिघरि

चारजात छत्तिस बर्ण सबै मेरो फूलबारीमा
देउडा, होली, घाटु, सेलो एउटै हाराहारीमा
एउटै आँगन दोहोरीको हाँसीहाँसी गाए पो
तराई-पहाड मेची-काली साँचो प्रीति लाए पो

जन्म लिइ मानवकै कल्याण मात्र आज होइन
प्रकृतिको घाँटी रेट्नु भन्ने कुनै धर्म छैन
प्रकृति हो मेरो आत्मा यो त झन्झन् जलिरहेछ
जोगाउन सकेनन् कि नत्र किन ढलिरहेछ

thakurpandit@yahoo.com

ब्यास नगरपालिका-६, तनहुँ
हालः सिनियर डिभिजनल ईन्जिनियर
खानेपानी तथा ढल निकास विभाग काठमाडौ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: