Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

भारतीय दूताबासमा बिरोध कार्यक्रम

Posted by completenepal on February 16, 2010


चेरिङ्गक्रस (लन्डन) – प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारबादका बिरुद्ध १५ फेब्रुअरीमा ब्यापक जन-प्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । टेरसास्थित ट्राफलगर स्क्वार्समा मध्यान्हमा बिभिन्न प्लेकार्ड र तुल ब्यानर सहित भेला भएको समूहले सीमा अतिक्रमण बन्द गर, अतिक्रमित भू-भाग फिर्ता गर, भारतीय सेना नेपाली भूमि छोड, राष्ट्रियताको निम्ति संपूर्ण राष्ट्रबादीहरु एकजुट हौं लगायतका नाराहरु लगाउँदै भारतीय दूताबास पुगेका थिए ।
प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रण बहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल  र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि अब्दुल मिसर मार्फत राजादूतलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाइसकेपछिको सभामा बोल्दै संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नबिन सापकोटाले भारतले बिभिन्न बहानामा नेपालको शान्ति प्रकृया भंग गर्न खोजेको बताउनु भयो । दक्षिण एशियाबाट ब्रिटिश खेदिए पनि औपनिबेशिक भारतीय सत्ता पक्षमा भने औपनिबेशिकको मानसिकता कायमै रहेको टिप्पणी गर्नु भएको थियो उहाँले ।

प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रण बहादुर केसीले भारतीय सरकारले अनाबस्यक रुपमा हस्तक्षेप गरेको भन्दै राष्ट्रियताको निमित्त राष्ट्रिय झन्डा उच्च राख्नु पर्ने बताए । समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले राष्ट्रियता, सार्बभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि जहाँ भए पनि नेपालीहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए । त्यसै गरी बाम बुद्धिजीबी प्रोफेसर ह्यारी पावल, डा बाल गोपाल श्रेष्ठ, ब्रिटिश कम्युनिस्ट पार्टीका सावा, श्रीलंका साउथ एशियन फोरमका नेता मनसुर लगायतले सन १९५० को सन्धि संझौताको बिरुद्ध र भारतीय पक्षबाट भएको राजनीतिक, सामाजिक तथा आर्थिक हस्तक्षेपका बिरुद्ध राष्ट्रबादी शक्तिहरु एकजुट हुनु पर्ने धारणा राखेका थिए ।
नेपाल, श्रीलंका, भारत, बंगलादेश लगायतका दक्षिण एशियाली मुलुक र वेलायत, ईरान र टर्कीका नागरिकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा झन्डै एक दर्जन एकिकृत नेकपा (माओबादी) निकट भाईचारा संगठनहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम स्थलमा आउन र जानको लागि श्याम शेरचन, बिनोद ज्ञवाली र महेन्द्र कंडेलले प्लमस्टेड, चाल्टन, विलवीच र न्यूक्रसबाट बसको ब्यबस्थापना गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: