Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

के नेपाल सानो छ ?

Posted by completenepal on February 9, 2010


By सीताराम अग्रहरि

महाकवि लक्ष्मीप्रसाद देवकोटाले बडो भावनात्मकपूर्वक यो प्रश्न गर्नुभएको थियो तथा बडो प्रतीकात्मकपूर्वक यो प्रश्नको जवाफ दिनुभएको थियो । भौगोलिक रूपमा समेत चीन र भारत जस्ता विशाल राष्ट्रको बीचमा भएको हुँदा मात्र यो देश सानो देखिएको र भनिएको हो । सानो भए पनि यो देश सानो छैन तर दुर्भाग्यवश लघुताभाषका कारकहरूका कारकतìवहरू भने हामीमै छन् । राणाकालमा मूलतः यो देश एउटा जातिको पेवा भयो । २०१७ सालपछि एउटा राजाको भयो । ”हाम्रो राजा हाम्रो देश” भन्ने नारामा समेत देशभन्दा राजा अगाडि रह्यो । शाहीकालमा समेत जुन राष्ट्रवादलाई मिलनबिन्दु बनाउने प्रयास गरियो त्यो मिलनबिन्दु पनि राजावाद नै थियो । अहिले पनि कमलथापाहरूको राष्ट्रवाद ‘राजा आऊ देश बचाऊ’ को सोच र शैलीको राजावादकै अव्यक्त व्याख्या या बुझाइकै अभिव्यक्ति हो ।

संयुक्त लोकतान्त्रिक शक्तिले २०६२-६३ मा एउटा आशा र सम्भावना पस्केका थिए । नेपाल नूतन र विलक्षण बाटामा, रक्तहीन क्रान्तिबाट रूपान्तरणको नयाँ दिशामा अगाडि बढीरहेको सङ्केत देखिएको थियो । तर कति चाँडो नेताहरूले जनताको मोहभङ्ग हुने स्थिति उत्पन्न गरिदिए अथवा नेताहरूको यथार्थ नै यही थियो । उनीहरू रूपान्तरणभन्दा पनि यथास्थिति देश र जनताको हितभन्दा पनि आˆना स्वार्थ र सुखसयलप्रति प्रतिबद्ध रहेको प्रतीत हुन्छ । जसले गर्दा सानो भएर पनि सुन्दर, शान्त, विशाल नेपालको सपना भताभुङ्ग हुनथालेको छ ।

देश बन्न गाह्रो छैन । इमान्दारी, दूरदर्शिता र इच्छाशक्ति भए पुग्छ । मलेसियाबट छुट्टँिदा सिंगापुर कति बेहाल अवस्थामा थियो । ली क्वान युले एउटा नयाँ दृष्टिदिशा दिए । सिंगापुर आज विश्वकै उन्नत भएको छ । बीसौं शताब्दीको प्रारम्भमा समेत चीनको अवस्था के थियो ? ३५ वर्षसम्म जापानको गुलामीमा बसेको दक्षिण कोरिया कसरी उन्नत राष्ट्र बन्नपुग्यो ? सन् १९८८ तिर तीन वर्ष कोरिया बसेर र्फकनु भएका पत्रकार -स्वर्गीय) रामचन्द्र गौतमसँग यो पङ्क्तिकारले उतिबेलै दक्षिण कोरियाको प्रगतिरहस्य जान्न खोजेको थियो । उहाँको जवाफ थियो- कोरियालीहरू ड्युटी सकिँदा समेत आधा एक घण्टाको काम बढी रहेछ भने सिद्ध्याएर मात्र जाँदा रहेछन् । ओभरटाइम पनि लिँदैनन् । हामी कहाँ यसको कल्पना सम्म गर्न सकिँदैन । कोरियालीहरूमा एउटा सङ्कल्प थियो । उनीहरू जापानीहरूलाई पक्रन अथवा पछार्न चाहन्थे ।

प्रधानमन्त्रीका रूपमा लि क्यान युले पावर छोडेपछि मन्त्री हुन स्वीकारे हामीकहाँ परराष्ट्र मन्त्रीलाई उपप्रधानमन्त्री नदिँदा रोग नै लाग्दो रहेछ । प्रधानमन्त्रीको भ्रमणमा जगहँसाइ नै भयो । अझ भनिन्छ पुत्रीले उपप्रधानमन्त्री नपाउँदा पिता असन्तुष्ट हुनुहुन्छ । मन्त्रिपरिषद् विस्तारमा काङ्ग्रेसका मन्त्रीहरूको अनुपस्थिति त्यही असन्तुष्टिको सङ्केत हो भनी सञ्चारमाध्यममा आएको छ । यद्यपि यसको खण्डन गरिएको छ । तर उपप्रधानमन्त्री हुने आˆनो आकांक्षाको सङ्केत र सुजाता दिदीले पनि दिइसक्नुभएको छ ।

देशको समस्या के छ, कहाँ छ कोही गम्भीर छैनन् । विचरा नागरिकसमाजका चिन्तकहरूले के गरून् । तिनले भनेको कसले सुन्छ वा टेर्छ र नेताहरू सत्ताको खेलबाहेक अरू कुनै खेल खेल्न मान्दैनन् । भारतको गाली मात्र गर्नेहरूले भारतबाट सिकून् पनि मनमोहन सिंहको सरकारलाई साढे चारवर्षसम वाममोर्चाले सत्ताबाट बाहिर रही समर्थन दिइरह्यो । बाममोर्चाले समर्थन झिके पनि सोनिया गान्धीका कट्टर आलोचक रहेका मुलायम सिंहले पनि बाहिरबाट समर्थन दियो । निर्वाचनका बेला मात्र छुट्टएि । हामी कहाँ सत्तामा नगइकन बाँच्नसक्ने पार्टी र व्यक्ति कहाँ छन् ? कुर्सीको खेलभन्दा देश बनाउने तपस्वीहरू कहाँ छन् ? र देश के हो आत्मसात् गर्न सकेका छन् नेताहरूले ? सामान्य समस्याले असामान्य परिस्थिति किन उत्पन्न भइरहेको छ । पुरानो हिन्दी सिनेमाको एउटा गीत छ, ‘नाव कागजका गहरा है पानी’ । नेताहरू बेइमान छन् या त असमर्थ, असक्षम । रक्सी उही पुरानो छ बोतल नयाँ, लेबल मात्र नयाँ छ, त्यसले परिवर्तित सन्दर्भमा नेताहरूले नयाँ समाजका चाहनाहरूलाई बुझ्न सकेका छैनन् अथवा बुझेर पनि बुझ पचाउँदैछन् । कर्ण शाक्यले ‘खोज’ मा लेखेका छन् पावर भएर पैसा चाहिने नेता र पैसा भएर पावर चाहिने व्यापारीहरू एउटै ड्याङका मूला हुन् । त्यो भन्दा अगाडि उनले लेखे “ऊँट र गधाले कति हदसम्म बोझ बोक्न सक्छन् त्यो कसैलाई थाहा हुनसक्छ । तर हद नाघेपछि एउटा सानो वजनले पनि ऊँटलाई थचक्कै बसाउँछ भन्ने कुरा हामी सबैलाई थाहा छ ।” त्यो ऊँटले भारी बोकेको प्रसङ्ग ठ्याक्कै मिल्छ । जनताको धैर्यको सीमा टुट्न थालेको छ ।

प्रश्न यो छैन कि उज्यालो आउँछ कि आउँदैन । उज्यालो नआए त प्रकृतिमा प्रलय हुन्छ, अनर्थ हुन्छ, महाविनाश हुन्छ । उज्यालो घना बादलमा मात्र लुकेको हो । अनिष्टका सङ्केतहरूबाट पहिल्यै पाठ लिने हाम्रो क्षमतालाई सत्तालोलुपताले खाइरहेको छ । यो सरकार जुन परिवेशमा बन्यो, त्यसको जग नै गलत थियो । मुलुकमा दीर्घकालीन हितहरू अल्पकालीन स्वार्थका सामुन्ने गौण हुनुपर्दछ । प्रचण्ड सरकारलाई ट्रयाकमा ल्याउनेभन्दा ‘टि्रक’ ले कजाउने सोच र षडयन्त्रकै कारण आज सहमति बन्न नसकेको हो । को बलियो को कमजोर भन्ने अहिलेको प्रश्न होइन । गिरिजाबाबुको ‘ट्रम्प कार्ड’ र केपी ओलीका राजनीतिक काव्यात्मक गोली पनि अहिलेको आवश्यकता होइनन् । अहिलेको आवश्यकता हो ‘इमान्दार आत्मनिरिक्षण ।

गान्धीले राजनीतिको बारेमा एकपटक भनेका थिए, सर्वोत्तम राजनीति भनेको सही कदम हो । -द वेस्ट पलिटिक्स इज राइट एक्सन) सम्भवतः प्रचण्डले पनि कटवालका बारेमा -प्रक्रियागत) केही चुक गरे तर राष्ट्रपतिले पनि चुक गरे । त्यसपछिको सरकारको जन्म त इतिहासको पानामा अहिंसात्मक कुनै नयाँ कोतपर्वको रूपमा अंकित हुने प्रकृतिको छ । यद्यपि यसमा माधवकुमार नेपाललाई नै अभियुक्त बनाउने दृष्टिकोण पनि अतिरञ्जित र अन्यायपूर्ण छ ।

जहाँसम्म देश बनाउने कुरा छ बनाउने कुरा धेरै र जोडतोडले गरिन्छ । हामीकहाँ काम अत्यन्तै निराशाजनक हुन्छ । तमाम निराशाजनक अवस्थाका अतिरिक्त उज्यालोको मृत्यु भएको छैन । यद्यपि नेपाली शासन व्यवस्थाको अझ पनि सबभन्दा खुबी के छ भने यहाँ दिशाहीनता र अव्यवस्थाकै आधिपत्य छ । जुन पाराले सरकारी कामकाज भइरहेको छ, यसमा कहाँ नयाँ नेपालको झझल्को पाइन्छ ? यद्यपि प्रश्न गर्नु सहज छ उतर कठिन । तैपनि भन्नैपर्छ, सरकारमा ‘टिम वर्क’ छैन, शैलीमा कुनै नवीनता छैन । मिलेर देश बनाउनुको अब विकल्प छैन । माओवादीलाई हुत्याएर त झनै देश चल्नेवाला छैन । अझ भाषाको सवालले मुलुकमा छुट्टै एउटा तूफान ल्याइदिएको छ ।

तर प्रश्नहरू समाधानकै लागि बनेका हुन्छन् भनी बिर्सनु हुन्न । हरेक रोगको औषधि हुन्छ, हरेक रोगीको भने हुननसक्ला- लुइ कुनेले धेरै पहिले यो सूत्र ल्याएका थिए । यो देश अझ सुन्दर, शान्त, विशाल फूलबारी हो । विभिन्न फूलहरूको महìव नजानेर नै विद्वेष, वेचैनी र निराशा यसरी झाँगिएको हो । विविधतालाई पृथकता देख्ने दृष्टिकोण सकारात्मक र सिर्जनात्मकता विहीन एकात्मकतावादी दृष्टिकोणकै प्रतिफल हो । चस्मा फेर्नु जरुरी छ, सोच बदल्नु जरुरी छ । तेरो मेरोको भावना बदल्नु जरुरी छ । धेरै कुरा बिगि्रसके, धेरै अझ बाँकी नै छन् । हामी कहिल्यै परतन्त्र भएनौं, कसैको उपनिवेश भएनौं । तर एक हजार वर्षको पददलित भारतले आठसय वर्ष जति इस्लामी आक्रमण र आधिपत्य खप्यो र दुई सय वर्ष अंग्रेजहरूको । तर आज प्रगतिपथमा छ । हामी स्वतन्त्र र साहसी भएर पनि यति निरीह र निराश किन छौं ? अवश्य हाम्रा सारथिहरू सही भएनन् । भाषा, भेष, क्षेत्रको प्रश्नमा हामी दूरदर्शी र सहिष्णु हुनुपर्छ । अधिकार चाहनेहरूसमेत संयमित हुनुपर्छ । यो सामान्य बेला होइन असाधारण घडी हो । सत्ताको खेलभन्दा निःस्वार्थ भई राष्ट्रसेवाको महायज्ञमा सबै जुट्नुपर्छ । जल, जडीबुटी, पर्यटन, प्रकृति र परिश्रम हाम्रो धन हो । अझ समय छ, प्रचुर सम्भावनाहरूको सबै मिलेर दोहन गर्नुपर्छ, त्यसको फल मिलेर खानुपर्छ । नेपाल अझ सानो छैन । ”

srp-agrahari 5@ yahoo.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: