Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

ठुला घरेको ज्यादती

Posted by completenepal on February 9, 2010


*सानु घिमिरे *

(भारतीय सीमा अतिक्रमण विरुद्ध एक जुट होऔ)

ए ! ठुले , माईली र कान्छीहरु हो !
ए ! साईली ,काईला र सानेहरु हो !
तिमीहरु कहाँ छौ ?

तिम्रो घरनेरको
यो ठुला घरेले
फेरी तिम्रो आँगन मीचेको छ
तिम्रो बारीको आधी पाटोमा
फेरी पर्खाल सारेको छ
एक एक धर्सो गर्दै
तिम्रो जमिन
आफ्नो कब्जामा पारेको छ
ए काली , भुन्टे , बिर्खे र चमेलीहरु हो !
ए राम , श्याम र सीताहरु हो !
आफ्नो घरलाई कहिले माया गर्छौ ?

हिजो मात्र त हो ,
यो ठुला घरेका बिग्रेका सन्तानहरुले
मेरा निर्दोष छोरीहरुलाई
बलात्कार गरेर गए,
म निरीह रोईरहे
फेरी तेसका सुरक्षा दस्ताले
मेरो बैठकबाट लुटपाट गरेर गए
म कमजोर हेरीरहे,
ए मेरा पाखुरीका बलहरु हो !
ए मेरा सुरक्षा कबचहरु हो !
तिमीहरु कहाँ छौ ?

मलाई चलाउछु भन्ने यी घरमुलीहरु पनि
सधैं ठुला घरेकै ढोका ढुक्छन,
त्यसको कठपुतली बनेर
ऊल्टै मेरो भित्ता कोपर्छन,
मेरो बंगैचा उजाडेर
त्यहि ब्वांसोको भुडी भर्छन ,
महाकाली दुख्यो
कोशी रोयो
म त्यहि भंगालोमा डुबीरहेकी छु ,
ए लाक्पा , छेदन र ओम प्रसादहरु हो !
ए रमणी , हरीकला र तानियाहरु हो !
मलाई उतार्ने तिम्रा हात कहाँ छन ?

ए मैले जन्माएका मेरा सन्तानहरु हो !
तिमीहरुलाई पोस्दा पोस्दै सकीएको
मेरो उमेर र यौबन ,
सक्छौ भने
मलाई सहारा दिएर फेरी सुन्दर बनाई देऊ
मेरो दलिन बाट उडेका
शान्तिका परेबाहरुलाई
फेरी आफ्नै गुडमा फर्काईदेउ
तिम्रा शिपहरु खोपेर
बारीमा बिकास फुलाई देऊ
मागेर खान्न म,
सक्दिन खान,
मलाई आफ्नै खुट्टामा उभ्याईदेऊ

ए ! बीरे, डल्ली र सोनियाहरु हो !
ए ! माइक, भक्त र कन्हैयाहरु हो !
ए ! मैले जन्माएका मेरा मुटुका टुक्राहरु !
ए ! मैले स्तनपान गराएका मेरा आफ्नै रगतहरु !
म आज मेरै छिमेकीबाट लुछीईरहदा
पराईबाट हेपीईरहदा
त्यों ठुला घरेको बचनबाणले
त्यो छिमेंकी भनाउदाको दुर्ब्याबहरले
असह्य बेदनामा भक्काईनिरहदा
कहाँ छौ तिमीहरु ?
घर भित्रको झगडा बंद गर
भाई बैनी सबै मिलेर आऊ
आज मलाई तिम्रो हातहरुको जरुरत छ
आज मलाई तिम्रो साथहरुको जरुरत छ
साच्चै यो ठुला घरेबाट जोगिन
आज मलाई तिम्रो मायाको जरुरत छ

(यो कविता भारतद्धारा गरिएको नेपाली सीमाना अतिक्रमणका बिरुद्ध गरिएको विश्वाब्यापी कार्यक्रम (१५ जून, २००९) का अबसरमा लेखिएको हो )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: