Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

अपूर्ण कविता

Posted by completenepal on February 2, 2010


By चन्द्र घर्ती मगर

हे, साथी हो !
अब त उठौं !
चेतनाको नयाँ यात्रा थालौं ।
स्वाभिमानको आफ्नोपन खोजौं ।

कालापानीमा बिदेशी परेड खेल्दा

सुस्तामा सिमा स्तम्भ मिचिंइदा

छोरी चेलीको अस्मिता लुटिंइदा

वस्तीमा आगो लगाइ अत्याचार गरिंइदा

दुख्यो, जति दुख्नुछ दुखिसक्यो

दुख्न के नै पो बाँकी छ र ?

झुक्यो, जति झुक्नुछ झुकिसक्यो

झुक्न अझै के नै पो बाँकी रह्यो र ?

हे, युवा हो !
अब त बिउझौं !
गौरबको नौलो कथा रचौं ।
अस्तित्वको शान्ती युद्ध छेडौं ।।
09 June,’09

(जुन दिन हाम्रो देशलाई हामीले बिदेशी हस्तक्षक्षेपबाट मुक्त गर्नेछौ र हामीले चाहेको जस्तो स्वतन्त्र राष्ट्रको महशूस गर्नेछौ, त्यही दिन मात्र फेरी अर्को शीर्षकमा एउटा कविता लेखिनेछ.. पूर्ण कविता । हो, हामी पूर्ण कविता लेख्नै पर्छ । भिन्न सिर्जनाको सुनौलो रचना गर्नै पर्छ । एकै स्वरमा मिलेर राष्ट्रिय गीत गाउनै पर्छ ।
मरेर होईन, बचेंर लडौ !
हटेर होईन, डटेर बढौं !!
हारेर होईन, जितेर बाँचौ !!! )

(यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal ‘भारतीय बिस्तारवाद बिरुद्ध अन्तरराष्ट्रिय अभियान’ को अबसरमा लेखिएको हो ।)
http://madihungri.blogspot.com/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: