Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘समाचार’ Category

अभियानको दोश्रो बिस्व कार्य समितिको लागि तयारी मूल समिति गठन

Posted by Ram Kumar Shrestha on May 25, 2012

मूलत: भारतले सन २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले सन २००९ मा झन्डै असी प्रतिशत काम संपन्न गर्दा समेत कतैबाट पनि आवाज नउठेकोले त्यस्को बिरोधमा बिस्वब्यापी रुपमा आवाज उठाउनका लागि १ डिसेम्बर २००९ मा इतिहासमा पहिलो पटक कपिलवस्तु दिवस बिस्व दिवसको रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरी मनाइयो । बिशेषत: अन्तरराष्ट्रिय सामाजिक सन्जाल फेसबुकमा संसारभरिबाट चौबिसै घण्टा सान्दर्भिक सामग्रीहरु पोस्टिङ् गरिए । यस्को लागि वेलायत निवासी रामकुमार श्रेष्ठले फेसबुक, ईमेल, यसै प्रयोजनका लागि तयार गरिएको ब्लग र संभब भएसम्मका संचार सामग्रीहरुको यथासक्य प्रयोग गरी तयारी गरेका थिए । सो कार्यक्रमलाई निरन्तरता दिने संस्थागत गरिनु पर्ने महसूस गरी श्रेष्ठकै बिस्व संयोजकत्वमा ११ मै र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ जनाको कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरियो जस्मा तीन ठूला पार्टी र दुई जना बिदेशी समेतको प्रतिनिधित्व गराइेएर आठ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । हालसम्म यस्ले चौध देशमा राष्ट्रिय समिति गठन, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै र स्थानीय स्तरमा स्थानीय समितिहरु समेत गठन गरिसकेको छ । यस बीचमा अभियानको उद्धेस्य प्राप्तीकै सिलसिलामा गुगलमा बुद्धको जन्मस्थलबारे गलत जानकारी सच्याउने कार्य भएको छ भने मासिक ११५ मिलियनभन्दा बढी ग्राहकका बीच पुग्ने ३५० भन्दा बढी स्थानीय टिभी च्यानलहरुको सन्जाल पिबिएस, न्यूजवीकका संपादक, सिएनएनका कार्यक्रम प्रस्तोता एबं लेखक जाकारीया, वार्षिक करीब ६० लाख भिजिटर भएको ब्रिटिश म्युजियमहरुलाई बुद्ध जन्मस्थलबारे गरिएका आ-आफ्ना गल्ती सच्याउन दबाब दिने र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई दुई सरकारबीच कुराकानी गर्न र बिभिन्न देशका पाठ्य पुस्तकमा भएका बुद्ध जन्मस्थलबारे गलत जानकारी सच्याउन बिभिन्न देशमा रहेका कुटनितिक निकायहरु मार्फत काम गर्नका लागि सरकारी स्तरबाटै पहल गरिनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाउने समेत काम गरेको छ । अभियानले नेपाल सरकारलाई दिएका सुझाबहरु र अभियानका गतिबिधिहरुबारे जानकारी यस लिंकबाट प्राप्त गर्न सक्नु हुनेछ  (लिंकको लागि यहाँ क्लिक गर्नुहोस) जुन अझै अपडेट हुन बाँकी नै छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

Posted by Ram Kumar Shrestha on May 13, 2012

१२ मइ, तेलअबिब, इजरायल: लुम्बिनी-कपिलबस्तु दिवस अभियान इजरायल रास्ट्रिय समितिले बिभिन्न संघ सस्थाहरुसंग संयुक्त रुपमा तेलअविव स्थित लेवेन्स्की पार्कमा २५५६ औं बुद्ध जयन्ती बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि भब्यताका साथ मनाएको छ ।

उक्त कार्यक्रम शेर्पा समाज इजरायलका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम नेपाली दुतावास, इजरायलका उप नियोगका प्रमुख रमेश प्रसाद खनालका प्रमुख आतिथ्य साथै श्रीमति सुशिला खनालको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावासका उप नियोगका तथा हालका कार्यवाहक राजदुत समेत रहनुभएका रमेशप्रसाद खनालले यस कार्यक्रम अघिल्ला बर्षहरूमा भन्दा धेरै नै राम्रो भएको र यस्ता कार्यक्रमले बुद्ध र बुद्धसम्बन्धी ज्ञानको प्रचार प्रसारमा सहयोग पुर्याउने जानकारी दिनुभयो । त्यस्तै आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा नेपाली दुतावास इजरायलको तर्फबाट सक्दो सहयोगसमेत दिइने जानकारी दिदै आगामी दिनहरूमा यस्ता कार्यक्रम अझै राम्रो होस् भन्नुभयो ।
त्यस्तै उक्त कार्यक्रमा इजरायलमा स्थापित विभिन्न सँघसँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न अनलाइन मेडियका प्रतिनिधहरूको आतिथ्य रहेको थियो । यस अवसरमा इजरायलमा कामदारको रूपमा वा अन्य पेशाको रूपमा रहदै आउनुभएका सम्पूर्ण नेपालीहरुको एक ठुलो समुह, नेपाली दाजुभाइ तथा दिदीबहिनिहरू नेपालीपन झल्किने विभिन्न जातिय  पोशाक आदि भेषभुषामा उपस्थित हुनु भएको थियो |

Posted in समाचार | Leave a Comment »

सिडनीमा २५५६ औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

Posted by Ram Kumar Shrestha on May 9, 2012

सानु घिमिरे, सिडनी, अस्ट्रेलिया: बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ ।

अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान , लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन ,फोटो प्रदर्शनी , शान्ति र्याली , रक्तदान कार्यक्रम ,बुद्ध कप सकर प्रतियोगिता , बुद्धकप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगिता सहित सो कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी ,न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति , अहिंसा , प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस भियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथी लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितीको बिश्व समितीका सल्लाहकार डा कविता राम श्रेष्ठले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै , गौतम बुद्ध जन्मेको पवित्र भुमी लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य पनि हामी नेपालीहरुको नै भएको बताउदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो । नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै हामी प्रबासी नेपाली हरुले पनि देश बिकासमा सके जति सहभागी हुन् उहाँले अपिल गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले यो अभियानको शुरु गरिनु पर्नाका कारण, विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो । उहाँले नेपाललाई माया गर्ने हरेक नेपालीले आफ्नो रास्ट्रियता र पहिचान गाँसिएको गौतम बुद्ध, उहाँ दिनु भएको उपदेशलाई आत्मसात गर्नु साथै उहाँ जन्मिनु भएको जन्मस्थलको प्रबर्द्धन गर्नु कर्तब्य भएको बताउनुभयो । बिस्वभरि बुद्ध जयन्ती मनाउनुको आफ्नै किसिमको बहु आयामिक अर्थ र महत्व हुँदाहुँदै पनि यस्तो पावन दिनमा बुद्धको सन्देशका उद्धेस्य प्राप्तीका लागि सहयोगी हुने केही न केही आचार र बिचार ब्यबहारमा उतार्न प्रतिबद्धता जाहेर गर्नुले बुद्धप्रति व्याबहारिक रुपमा आदर गरेको ठहरिने भएकोले त्यस्तो प्रतिबद्धता जाहेर गर्नुको अझ महत्व हुने बताउनु भयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

हङकङमा लुम्बिनी

Posted by Ram Kumar Shrestha on May 7, 2012

 ’स्थानीय चिनियाँमा बुद्धको जन्मथलोबारे भ्रम छ,’ महासंघकी सचिव रिता गुरुङले भनिन्, ‘भ्रम हटाउन प्रदर्शनी गरेका हौं ।’ विगतमा देशविदेशका प्रदर्शनी समेत निजी खर्चमा गरेको पन्तले यसक्रममा आठ लाख रुपैयाँ खर्च भएको दाबी गरे । ‘गलत प्रचारका कारण बुद्ध जन्मस्थलबारे धेरै अनभिज्ञ भेटें,’ लामो समय विभिन्न सञ्चारमाध्यममा लुम्बिनीबारे रिपोर्टिङ गरेका पन्तले भने, ‘फोटो तथा भिडियोका माध्यमबाट स्पष्ट पार्न चाहेको हुँ ।’ 

निर्मल श्रेष्ठ

हङकङ, वैशाख २४ – लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा भएको चार महिना बितिसक्दा समेत प्रवर्द्धनका लागि सरकारी निकाय उदासिन भइरहेका बेला एक सञ्चारकर्मी लुम्बिनी चिनाउन हङकङ आइपुगेका छन्, तस्बिरहरू लिएर । तीन वर्षअघि बुद्धजयन्तीकै दिन लुम्बिनीबाट सुरु चेतन पन्तको प्रदर्शनी यात्रा काठमाडौँ र थाइल्यान्ड हुँदै यहाँ आइपुगेको हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्धको नाममा ‘शीतयुद्ध’

Posted by Ram Kumar Shrestha on May 6, 2012

भारतले चाहेको भए धेरै पहिले नै नेपालसँग मिलेर एक विशेष सांस्कृतिक योजनाद्वारा आफ्नो सिमाक्षेत्र लुम्बिनीको विकास गरी काठमाडौँ र विश्वका बौद्ध समुदायको भावना जित्न सक्थ्यो। त्यस विपरित आफ्नै भूभागमा नक्कली लुम्बिनी खडा गर्न भारतीयहरू किन अग्रसर भए भन्ने प्रश्न लुम्बिनीको विकासको क्रममा अझ बढी उठ्नेछ। चीनको चासोपछि लुम्बिनीको रणनीतिक महत्व निकै बढेको छ। बुद्धलाई एसियाको प्रतिक बनाएर ‘सफ्ट पावर’ विस्तार गर्ने चीन र भारतको बौद्ध रणनीति लुम्बिनी विकासका लागि राम्रो अवसर हो। दुवै छिमेकी राष्ट्रको चासोमा धक्का नपुग्ने गरी लुम्बिनी विकासमा राष्ट्रसंघलाई अग्रसर गराउन सक्नु नेपालका लागि एउटा चुनौती हो। तर त्यसले नै लुम्बिनीलाई ‘शीतयुद्ध’ बाट टाढा राखेर बुद्धलाई विश्व शान्तिका प्रतिकका रुपमा उभ्याउन मद्दत गर्नेछ।

पूर्ण बस्नेत, हङकङ, वैशाख २५- हङकङमा अघिल्लो साता आयोजना गरिएको तेस्रो विश्व बौद्ध सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जिया चिङलिन देखिएका भए चीनको सांस्कृतिक रुपान्तरणबारे नयाँ बहस शुरु हुने थियो। तर नौ सदस्यीय स्थायी समितिका शक्तिशाली नेता जिया बुद्धका तीन वटा मूर्ती र खप्परको अवशेष अगाडि झुकेर उद्घाटन समारोहमा मन्तव्य दिनेगरी प्रत्यक्ष उपस्थित भएनन्। ‘वृहत् सामाजिक सद्भाव र विश्व शान्तिका लागि बौद्ध शिक्षाको भित्री अर्थ खोज्न’ आग्रह गरिएको उनको बधाई सन्देशमा चीनको बौद्ध रणनीतिक आकांक्षा झल्किन्थ्यो। दलाई लामा पछिका दोस्रो उच्च तिब्बती बौद्ध नेता पञ्चेन लामालाई पहिलो पटक मुख्यभूमी चीनबाट हङकङसम्म ल्याएर बेइजिङले आफ्नो रणनीतिक यात्रा शुरु गरेको छ। पञ्चेन लामाका अनुसार अब उनको विश्व यात्रा मकाउ, ताइवान, सिंगापुर हुँदै अगाडि बढ्नेछ। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

प्रधानन्त्रीको कार्यालयबाट मन्त्रालयहरुलाई अभियानका सुझाबहरु कार्यन्वयनका लागि निर्देशन

Posted by Ram Kumar Shrestha on May 5, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा आयोजना गरेको “लुम्बिनी बिकास: संभाबना र चुनौतिहरु” बिषयक अन्तराष्ट्रिय संगोस्ठीपस्चात सरकारका तर्फबाट लुम्बिनीको सन्दर्भमा देखा परेका समस्या समाधानका खातिर कार्यान्वयन गरिनु पर्ने थुप्रै सुझाब सहित तयार पारेको प्रतिबेदन प्रधानमन्त्री, वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति, बिभिन्न मन्त्री र पार्टी कार्यालयहरुलाई बुझाएको थियो । यही बैशाख ६ गते प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र संघीय मामिला, संबिधानसभा, संसदीय ब्यबस्था तथा संस्कृति मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयबाट अभियानले पेश गरेको प्रतिबेदनमा भएका संबन्धित मन्त्रालयसंग संबन्धित कार्यन्वयनयोग्य बुँदाहरु कार्यन्वयन गर्न आदेश सहित पत्र पठाएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अभियानको प्रतिबेदन अन लाइन लिंक

Posted by Ram Kumar Shrestha on May 5, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा आयोजना गरेको “लुम्बिनी बिकास: संभाबना र चुनौतिहरु” बिषयक अन्तराष्ट्रिय संगोस्ठीपस्चात सरकारका तर्फबाट लुम्बिनीको सन्दर्भमा देखा परेका समस्या समाधानका खातिर कार्यान्वयन गरिनु पर्ने सुझाब सहित तयार पारेको प्रतिबेदन अन लाइन लिंक । To read easily please click Full-Screen View

Posted in समाचार | Leave a Comment »

कस्तो छ स्थापितको नगर योजना ?

Posted by Ram Kumar Shrestha on May 2, 2012

“१. सडकमा ८ हजार सौर्यबत्ती २. प्रेम र मनोरञ्जन पार्क ३. सडक विस्तारमा भत्कने घरलाई पछाडिका घरद्वारा मुआब्जा दिलाउने नीति ४. १३ रोपनी क्षेत्रफलको पौडी पोखरी ५. पेट्रोल पम्प रिङरोडबाहिर मात्र ६. हावाबाट २० मेगावाट बिजुली उत्पादन”

  काठमाडौ, वैशाख २० – काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले मुअब्जा दिएर सहरी विकासको काम विस्तार गर्ने बताएका छन् । कसैलाई विस्थापित गरेर र समस्यामा पारेर नभई सबैको चित्त बुझाएर विकास गतिविधि चलाउने उनले प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धताको पहिलो चरणमा सडकमा ८ हजार सौर्य बत्ती र प्रेमी-प्रेमिकाका लागि घुम्ने तथा मनोरञ्जन गर्ने पार्क निर्माण परेका छन् ।

‘अब सडक विस्तार गर्दा कसैले पनि विस्थापित हुनु पर्दैन,’ आयुक्तको पदबहालीपछि पहिलोपल्ट आयोजित पत्रकार सम्मेलनमा मंगलबार उनले भने, ‘सहरवासीलाई न्याय दिन आयुक्त भएको हुँ । जुनसुकै ठाउँको सडक विस्तार गर्दा पनि मुआब्जा हुनेछ ।’ अगाडि घर हटाउँदा पछाडिका घरवालाले मुअब्जा दिनुपर्ने गरी कार्यक्रम ल्याउने उनले जनाए । उनको तर्क थियो, ‘सडक विस्तार हुँदा पछाडिको घरको मूल्यांकन पनि त बढ्छ । त्यसअनुसार उसले मुअब्जाका लागि सघाउनुपर्छ ।’

त्यसका लागि दाता र सरकारबाट पैसा नलिई जनताकै सहयोगमा आर्थिक संकलन गरिने बताए । नियुक्तिलगत्तै आफूले उपत्यका नगर विकास समितिलाई सडक विस्तार गर्न लिखित पत्र पठाएको जानकारी दिए । खारेज भएको काठमाडौं उपत्यका नगर विकास समितिको नामकरण जिल्ला आयुक्तको कार्यालय गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष राख्नेसमेत उनले बताए । ‘तीनै जिल्लामा आयुक्त कार्यालय रहन्छ,’ उनले भने, ‘केन्द्रीय कार्यालयका लागि त्रिपुरेश्वरमा जग्गा र भवन पनि हेरिसकेका छौं । कानुनी बाधा अड्चन भएकाले ढिला भएको हो, चाँडै निर्णय हुन्छ ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

नेपाली कागजमा छापिन्छ जापानी येन

Posted by Ram Kumar Shrestha on April 30, 2012

लीलानाथ घिमिरे  काठमाडौं, वैशाख १८ – सरकारले नागरिकता समेत छाप्न छाडेको नेपाली कागजमा जापानी मुद्रा येन छापिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । जापानले आफ्नो मुद्रा (येन) नेपालमै उत्पादित अर्गेलीको समेत प्रयोग भएर बन्ने कागजमा छाप्ने गरेको छ ।

यस उदाहरणले नेपाली कागज भनेर चिनिने रेसाजन्य बनस्पतिको बोक्राबाट बनाइने कागज विदेशमा माग प्रष्ट्याउछ ।  जापानले अर्गेलीको बोक्रा लगेर उतै प्रशोधन गरी मुद्रा -येन) छाप्ने कागज बनाउने गरेको नेपाल हाते कागज संघका सदस्य बेनुदास श्रेष्ठले बताए ।

‘नेपालको अर्गेली गुणस्तरीय भएकाले जापानीले नोट छाप्ने कागज बनाउन प्रयोग गर्ने गरेका हुन्,’ उनले भने । उनी सिन्धुपाल्चोकमा जुगल नेपाली कागज उद्योग सञ्चालन गर्दै आएका छन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on April 28, 2012

सन २०१२ सम्ममा भारतले नक्कली लुम्बिनी र कपिलवस्तु नै बनाउने कार्य सम्पन्न गर्ने किसिमले अगाडि बढ्दै अधिकांश प्राय: कार्य सम्पन्न गरेर बुद्ध जन्मस्थबारे खुलेयाम दिग्भ्रम सिर्जना गरिंदा पनि बुद्ध जन्मेकै देशका तर्फबाट भने आबाज उठेको नपाईएकोले सत्यका पर्यायबाची बुद्धको उनकै नाममा नै झुटको खेती गर्दै गरिएको यस किसिमको अपमानमा मौनता दर्शाउन नहुने ठहर गरी बिस्वभर छरिएर रहेका नेपालीहरुले इतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ मा “कपिलवस्तु दिवस बिस्व दिवस” मनाएका थिए त्यस्को बिरोध स्वरुप । यस्लाई निरन्तरता दिने क्रममा २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा २१ सदस्यीय कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठनपस्चात स्पेन, बेल्जियमा, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समितिहरु गठन गरिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

साकार हुँदै द्रुतमार्गको सपना

Posted by Ram Kumar Shrestha on April 14, 2012

माधव ढुङ्गेल, निजगढ (बारा), वैशाख २ -काठमाडौंबाट एकै घन्टामा बारा! झट्ट सुन्दा अपत्यारिलो यो सपना चाँडै साकार हुँदैछ। मुग्लिङ-नारायणगढ जीर्ण सडक छिचोल्दै १२ घन्टाको पट्यारलाग्दो यात्राबाट मात्र पुग्न सकिने बारा निजगढ एकै घन्टामा सम्भव बनाउने काठमाडौं-तराई (मधेस) दु्रतमार्गको सपना चाँडै विपनामा बदलिने आधार तयार भएको छ। २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित थालिएको ७६ किमि दूरीको निजगढ छिचोल्ने द्रुतमार्गको ‘ट्र्याक’ खोल्ने काम सकिनै लाग्दा ‘ननस्टप’ गाडीबाट एकै घन्टामा निजगढ पुग्ने सपना पूरा हुन लागेको हो।

पूर्व-पश्चिम राजमार्गको जुन ठाउँमा द्रुतमार्ग जोडिन्छ, नजिकै छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण गरिने अर्काे अन्तर्राष्ट्रिउ विमानस्थल निर्माणस्थल।

द्रुतमार्गले निर्माणको चर्चामा रहेको अर्काे अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्दा काठमाडौंमाथिको निर्भरतासमेत घटाउने आशा गरिएको छ।

निजगढबाट करिब ६ किलोमिटर पश्चिम राजमार्गको दक्षिणपट्टि चारकोसे झाडीबीचको टाँगियाबस्ती विमानस्थल निर्माणका लागि प्रस्तावित स्थल हो। हाल डुमरवाना गाविसको ७ नम्बर वडामा पर्ने यहाँका बासिन्दा पुनर्वासको पर्खाइमा छन्। बस्तीको वरिपरि घना जंगल छ। रुख हुर्काउँदै त्यसमुनि खेती गर्ने एसियाकै दुर्लभ ढाँचाको यो बस्तीका टोल नम्बर १ देखि १६ नम्बरसम्मका बासिन्दा बसाइँ सर्ने दिन गनिरहेका छन्। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध जन्मस्थल दिग्भ्रम: भारतीय मूढे बलको अर्को उदाहरण

Posted by Ram Kumar Shrestha on April 8, 2012

दक्षिण एशियामा शक्ति संपन्न राष्ट्रको रुपमा चिनाउन लालायित भारत आफू एक्कासौं शताब्दीमा नभएर ढुङे युगमा भएको व्यबहार बारंबार प्रदर्शन गरिराखेको छ हरेक छिमेकी राष्ट्रलाई बलजफ्ती दु:ख दिन मूढे बल प्रदर्शन गर्ने प्रब्रितिले गर्दा । कुनै पनि छिमेकी राष्ट्रसंग उस्ले राम्रो सम्बन्ध राख्न सकेको देखिंदैन । कहिले पत्रकार प्रयोग गरेर त कहिले कलाकार अनि कहिले एसएसबी, छिमेकी राष्ट्रहरुलाई अनेक किसिमले दु:ख दिनु उस्को नियति नै भैसकेको छ । अनि ब्यापक बिरोध भएपछि गल्ती भएको अथवा भन्न खोजेको कुरालाई गलत रुपमा बुझिएको जस्तो कुरा गरेर पन्छनु उस्को धर्म भएको छ ।

भारतको यो किसिमको नियतिको सबैभन्दा ठूलो शिकार नेपाल बनिरहेको देखिन्छ हाम्रो राजनीतिक कमजोरीका कारण । कहिले करोडौं अभ्यास पुस्तिकामा सगरमाथा भारतमा पर्छ भनेर छपाउँछ त कहिले खुलेयाम सीमा अतिक्रमण गर्छ । युनेस्कोले बुद्धको जन्मस्थल भएको कारण नेपालको लुम्बिनीलाई बिस्व संपदा सूचिमा राखेको यथार्थतालाई उस्को मूढे बलको स्वभाब प्रदर्शन गर्दै शक्तिको भर र नेपालको कमजोरीको फायदा उठाएर केही बर्षदेखि अरबौं रुपयाँ खर्चेर नेपालको लुम्बिनी र कपिलवस्तु हुबहु नक्कल गरेर बनाउँदै छ सन २०१२ मा संपन्न गर्ने किसिमले । अत्यन्तै हास्यास्पद कुरो के छ भने बढो चतुर्याइंपूर्बक भारत सरकार यस्मा संलग्न नभएको देखाउने किसिमले काम गरिरहेको छ । आफ्नो देशमा भएको त्यत्रो ठूलो परियोजना सरकारलाई थाहै नहुने भन्ने कुरो हास्यास्पदभन्दा अरु के हुन सक्छ र ? बिशेषत: भारतले यसरी बिस्वब्यापी मान्यता बिपरित बुद्धको जन्मस्थलबारे सिर्जना गरेको बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान)  नै शुरु गर्न वाध्य भए र विस्व कार्य समिति गठन गरेपस्चात दुई बर्ष पनि नपुग्दैमा १३ देशमा राष्ट्रिय समिति गठन गर्ने र बिभिन्न स्थानीय र पत्रकार र पर्यटन ब्याबसायीहरुको समिति समेत गठन गर्ने काम गरिसकेको छ अभियानको गतिबिधिहरुलाई ब्यापक र प्रभाबकारी बनाउने अभिप्रायले ।

भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मिएको भन्ने अनाबस्यक दिग्भ्रम सिर्जना गर्न नक्कली लुम्बिनी र कपिलबस्तु निर्माण संपन्न गर्ने बेलामा वुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने निर्णय गरेको छ हालसालै र राष्ट्रबैँकले अब सय रुपैयाँको नोटमा “लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध” लेख्ने निर्णय पनि गरेको छ । नक्कली कामका लागि बादशाह भन्न हिचकिचाउन नपर्ने भारतलाई राष्ट्र बैंकको यो निर्णय पनि असह्य भएको देखिन्छ र यसरी प्रस्तुत भएको छ (हेर्नुस फोटो ) राष्ट्र बैंकको निर्णय बिपरीत र नेपालको रास्ट्रियतामाथि पुन: निर्लज्जतापूर्बक धावा बोल्दैछ आफनो उही मूढे बल निर्लज्जतापूर्बक प्रदर्शन गर्दै ।

आफू एकाइसौं शताब्दीमा छु भन्ने हेक्का भारतलाई होस भन्ने शुभ-कामना !

Posted in समाचार | Leave a Comment »

डा कबिताराम श्रेष्ठलाई सिडनीमा सम्मान गरिने

Posted by Ram Kumar Shrestha on April 4, 2012

अस्ट्रेलियाको सिडनीमा २५५६ औं बुद्ध जयन्ती मनाउने क्रममा बुद्ध दर्शन समितिका तर्फबाट बुद्धको जीबनीमा आधारित पहिलो उपन्यास “महाभिनिस्क्रमणका अस्वीकृत पाहिलाहरु” लेख्नु भए बापत उक्त उपन्यासका उपन्यासकार डा कबिताराम श्रेष्ठलाई सम्मान गरिने भएको छ । सो जानकारी लुम्बिनी-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिका संयोजक समेत रहनु भएका बुद्ध दर्शन समितिका अध्यक्ष निमा ग्याल्जे शेर्पा – गोपर्माले दिनु भएको हो । सो सम्मान कार्यक्रममा उपस्थित हुनका लागि श्रेष्ठलाई समितिका तर्फबाट निमन्त्रणा पत्र पठाइसकिएको जानकरी पनि अध्यक्ष शेर्पाले दिनु भयो । उक्त कार्यक्रममा सिडनीमा कार्यरत थुप्रै संस्थाहरु र अस्ट्रेलियाका बरिस्ठ ब्यक्तिहरुको सकृय सहभागिता रहनेछ ।  Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

जोगबनी-विराटनगर र जयनगर-बर्दिबास रेल असोजदेखि ‘निर्माण सुरु’

Posted by Ram Kumar Shrestha on April 3, 2012

काठमाडौ, चैत्र २१ – भौतिक योजना तथा निर्माण मन्त्रालयले मुआब्जा रकम व्यवस्था गरेपछि तराई-मधेसका दुई महत्त्वपूर्ण ठाउँमा स्थगित ब्रोडगेज रेल्वे निर्माण कार्य आगामी असोजमा सुरु हुने भएको छ ।

नेपालका तर्फबाट जग्गा अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरण गर्न ५० करोड विनियोजन गरिएपछि भारत सरकारले तत्काल ठेक्का आह्वान गरी असोजदेखि तराई-मधेसका दुई ठाउँमा ८२ किलोमिटर लामो रेल्वे निर्माण कार्य सुरु गर्ने जानकारी भौतिक योजना सचिव तुलसी सिटौलाले दिए ।

दुई सीमा नाकाबाट पूर्व-पश्चिम लोकमार्ग जोड्ने यी दुई रेल्वेले विदेशबाट आयातित सामान भित्र्याउन तथा नेपाली सामान भारत र तेस्रो मुलुकमा निर्यात गर्न धेरै सहज र कम खर्चिलो हुने छ । रेल्वे सञ्चालन पछि ठूलो संख्यामा यात्रुलाई आवतजावत गर्न समेत सेवा पुग्ने छ । नेपाललाई भारतीय रेल सञ्जालसित जोड्ने यी रेलमार्ग मुलुकका लागि महत्त्वपूर्ण हुने छन् ।

भारतले जोगबनीदेखि बुधनगर (विराटनगरको दक्षिणी भेग) हुँदै नयाँबजारसम्म र जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म रेल्वे निर्माण गर्न विस्तृत अध्ययन सम्पन्न गरी सुरु निर्माण कार्य सुरु गर्न तीन महिनाअघि ठेक्का आह्वान गरिसकेको थियो । तर नेपालका तर्फबाट आवश्यक रकमको अभावमा मुआब्जा वितरण कार्य हुन नसकेपछि ठेक्का प्रक्रिया अनिश्चित कालसम्मका लागि स्थगित गरेको थियो । भारतले नेपालले मुआब्जा रकम व्यवस्था गरी वितरण सुरु गरेपछि मात्र ठेक्का प्रक्रिया अघि बढाउने जानकारी गराएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

राष्ट्र बैँकको सकारात्मक पहल : सय रुपैयाँको नोटमा बुद्ध चिनाउने

Posted by Ram Kumar Shrestha on March 26, 2012

१३ चैत, काठमाण्डौ । भारतले गौतम बुद्ध आफ्नो देशमा जन्मिएको हल्ला गर्न कपिलबस्तु जस्तै भूमि निर्माण गरिहेको बेला बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार गर्न तम्सिएको नेपाल राष्ट्र वैंकले अब नेपाली एक सय रुपैयाँको नोटमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र अशोक स्तम्भ राख्ने भएको छ ।

गौतम बुद्ध नेपालकै हुन् भन्ने गतिलो प्रचार गर्न खोजेको राष्ट्रबैँकले अब सय रुपैयाँको नोटमा लेख्नेछ – लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’

गौतम बुद्ध नेपालमै जन्मिएका हुन भनेर प्रचार गर्न तम्मिएको नेपाल राष्ट्र वैंकले अब छाप्ने नोटमा यस्ता तस्वीर राख्न प्रस्ताव तयार पारि अर्थ मन्त्रालय पठाएको छ । अर्थले सो प्रस्तावलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृति दिएपछि नोट छाप्ने काम सुरु हुने छ । लुम्बिनीका तस्वीर अंकित नोट बजारमा आउन ६ महिना लाग्ने छ ।

‘रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने वाक्यको तल र गर्भनरको हस्ताक्षरको ठिक माथि हाल खाली रहेको स्थानमा अंग्रेजीमा लुम्बिनीः द बर्थ प्लेस अफ लर्ड बुद्ध ‘ लेख्न प्रस्ताव गरिएको राष्ट्र वैंक स्रोतले जनाएको छ । हाल तारादेवीको मूर्ति रहेको स्थानामा मायादेवीको मूर्ति र मन्दिर रहेको ठाउँमा अशोक स्तम्भ राख्न लागिएको छ ।

तर नोटमा गौतम बुद्धको तस्वीर भने राखिने छैन् । गौतम बुद्धको तस्वीर बिभिन्न आकारप्रकारका भएको र त्यसमा एकरुपता नभएकाले तस्वीर राख्न समस्या भएको बताइएको छ । अबदेखि कागजी नोटमा बिक्रम सम्बत र ईस्वी सम्वतमा निष्काशन मितिसमेत राखिने भएको छ ।

@Solidarity

Posted in समाचार | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers