Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘लेख/ रचना/ निबन्ध/विचार’ Category

गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक जर्मन पत्रिका फेला

Posted by Ram Kumar Shrestha on May 19, 2012

by Nabin Panth Nepali

करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर म भयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।

अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”

नभन्दै दुई सातापछि आल्गेमाइनन चाइटुङ् नाम गरेको त्यो पत्रिका मेरो घरमै आइपुग्यो। पत्रिका त हातमा पर्‍यो तर पुरानो जर्मन लिपिमा भएका कारण त्यसलाई पढ्नु, बुझ्नु र अर्थ लगाउनु मेरा निम्ति सहज थिएन। अधिकांश आधुनिक जर्मनहरू त पुरानो लिपिमा लेखिएको त्यो सामग्री पढ्न सक्दैनन् भने नेपालीका निम्ति त्यो सजिलो हुने कुरै भएन। तर पनि तीव्र जिज्ञासाकै कारण मैले झन्डै एक साता लगाएर आठ पृष्ठको त्यो लेख पढी सिध्याएँ। सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख छ, जो पढेपछि मेरो खुसीको सीमा रहेन। Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार, Uncategorized | Leave a Comment »

लुम्बिनीमा राष्ट्रसंघीय चासो

Posted by Ram Kumar Shrestha on March 23, 2012

By टीकाराम राई

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको प्रस्तावित नेपाल भ्रमण रोकिएपछि विभिन्न प्रश्नहरू उठेका छन् । बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिले फागुन ३० गते महासचिव बान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गर्न आउने बताएपछि यसबारे बहस चर्किएको थियो । एकथरीले पूर्वविद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको निर्देशक समितिको निम्तोमा बानले लुम्बिनी भ्रमण गर्न नहुने तर्क गरेका थिए । अर्काथरीले बानले लुम्बिनी अवलोकन गर्दा लुम्बिनीको मात्र होइन, राष्ट्रलाई नै फाइदा हुने तर्क गरेका थिए । बानको भ्रमणका पक्षमा जनमत निर्माण भइरहेको अवस्थामा उनको भ्रमण स्थगित भएको छ । यसबाट लुम्बिनीको हित चाहनेहरू दुःखी भएका छन् ।

विश्वको जनसंख्या करिब ७ अर्बमध्ये करिब १.५ अर्ब इसाईहरूको छ । इसाई धर्मका संस्थापक जिसस क्राइस्टले ज्ञान प्राप्त गरेको स्थान भेटिकन सिटीलाई उनीहरू तीर्थस्थल मान्छन् र जीवनमा एकपल्ट त्यहाँं पुग्न मरिहत्ते गर्छन् । विश्वमा १.६ अर्ब जनसंख्या भएका मुस्लिमहरू साउदीको मक्कालाई पवित्र तीर्थस्थल मान्छन्, जहाँ इस्लाम धर्मका संस्थापक मोहम्मदको जन्म २६ अपि्रल ५७० मा भएको थियो । इसाईहरूको भेटिकन सिटी र मुस्लिमहरूको मक्का-मदिनाजस्तै ५० करोड बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी तीर्थस्थल हो, जहाँ बौद्धधर्मका संस्थापक बुद्धको जन्म ईसापूर्व ६२३ मा भएको थियो । त्यसैगरी ९० करोड हिन्दुहरूको एउटा प्रमुख तीर्थस्थल पशुपतिनाथ हो । यी माथिका तथ्यहरूबाट स्पष्ट हुन्छ, विश्वका कुल जनसंख्यामध्ये १ अर्ब ४० करोड जनसंख्या हिन्दु र बौद्धमार्गीहरूको छ । उनीहरूको तीर्थस्थल नेपालमा पर्छ । तर माल पाएर पनि चाल नपाउने हामी नेपालीले प्रचुर सम्भावना भएका यी दुई सम्पदास्थलको उपयोग गर्नसकेका छैनौं । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

देवकोटा र उनको अनुवाद

Posted by Ram Kumar Shrestha on February 29, 2012

-होमर श्रेष्ठ

देवकोटाबारे विमर्श:
विश्वसाहित्यलाई मुटु र मस्तकदेखि माया गर्ने र नेपाली साहित्यलाई आधुनिकीकरणको आकाशतर्फ उन्मुख गराउने हाम्रा मूर्धन्य कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) अहिलेसम्म बाँचिरहेका भए यो साल लक्ष्मीपूजाको दिन सय वर्ष पूरा हुने थिए । उनी हिमालजस्तो उच्च र स्वच्छ साहित्यकार हुन्— स्वाधीनताको पूजारी ! तर हाम्रो साहित्यिक बजारमा अहिले स्वाधीनताको खडेरी परेको छ, पराधीनताले जरा हालेको छ र त्यो फर्सीको जराझैँ झाँगिदो छ । त्यसैले हामीलाई देवकोटाको अभिप्रेरणा अझै चाहिएको छ । देवकोटा निर्भय सत्य बोल्न सक्ने, निर्धक्क मुख खोल्न सक्ने र निसङ्कोच कलम चोब्न सक्ने हक्की, पक्कापक्की व्यक्तित्व थिए । अतः उनी नेपाली साहित्याकाशका चम्किला नक्षत्र हुन् । उनले नेपाली समाजको यथार्थ धरातलमा उभिएर ‘मुनामदन’जस्तो अन्तर्राष्ट्रिय स्तरको उम्दा गीतिनाटक सृजना गरे । उनले मान्छेको मुटु र मस्तक स्पर्श गर्ने ‘हुरीको गीत’ गुनगुनाए । उनले ‘झन्झाप्रति’ घोर स्वर उराले र ‘पागल’ बनी फतफताए:

…जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो खान आँटेको देख्छु…
म वन खाने आगोझैँ बहुला हुन्छु !…

देवकोटा गतिशील कवि भएकाले र समयभन्दा द्रूत गतिमा दौडेकाले उनले गतिरोधको सामना गर्नुपरेको इतिहास सबैको सामु छर्लङ्ग छ । उनी माघको ठण्डीमा ताराको राप तापेर बस्छन्, दुनियाँ उनलाई तरङ्गी भन्छन् ! उनी एउटी सुन्दरीको केशमा तुषाराको छिर्का परेको देखेर रुन्छन्, मानिसहरू उनलाई छटाएको भन्छन् ! उनी वसन्तको पहिलो कोकिल नाचेको देख्छन्, जगत् उनलाई बहुला भन्छन् ! उनी एक दिन तुफानसँग गीत गाउन थाल्छन्, बज्रस्वाँठहरू उनलाई राँची पठाउँछन् ! वास्तवमा, वातुल को हो ?

विलक्षण प्रतिभा, प्रश्नवाचक प्रखरता, गतिशील प्रगतिशीलता र मननीय महान्ताकै कारण महाकविजस्तो अत्यन्तै आदरणीय पदबाट उनी विभूषित भएका हुनुपर्छ । (महाकाव्य लेख्ने सबै कविहरू महाकवि हुँदैनन् भन्ने कुरो ज्ञातव्य छ ।) यस्ता गतिशील महाकविको शारीरिक स्वरुप कस्तो थियो होला भन्ने जिज्ञासाको जवाफमा वरिष्ट समालोचक कृष्णचन्द्रसिंह प्रधानको आँखामा देवकोटाको साक्षात स्वरुप यस्तो देखिन्छ: ‘फराकिलो ललाट, भव्य अग्लो जीउ, दोहोरो छाती, लठ्ठिएका आँखा, असरल्ल लवेदासुरुवाल, क्यै खोजिरहेजस्तो सङ्लो सरल, निर्दोष अनुहारका शान्त गम्भीर देवकोटामा भोलिको सिङ्गो साहित्य देखेजस्तो अभिभूत हुन्छ ।’  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , , , , , , , | Leave a Comment »

सीमाअतिक्रमणका सन्दर्भमा कालापानी समस्या तथा समाधान

Posted by Ram Kumar Shrestha on February 3, 2012

By  रतन भण्डारी

वैभवशाली एवं गौरवमय इतिहास बोकेको विशाल नेपाल आजभन्दा १९५ वर्ष अघि पूर्वमा टिस्टादेखि पश्चिम कुमाउँ गढवाल अठार र बाह्रठकुराइ श्रीमोर हुँदै काँगडासम्म फैलिएको थियो । सन् १८१४-१५ बीच चलेको नेपाल-अङ्गे्रजसँगको युद्धमा नेपालले हार बेहोर्नु पर्दा सन् १८१५ को डिसेम्बर २ का दिन अङ्गे्रजद्वारा नियोजितरुपमा प्रस्तावित सुगौली सन्धि स्वीकार्न नेपाल बाध्य भयो । सुगौली सन्धिकै कारण नेपाल मेचीपूर्व र महाकाली पश्चिमको आफ्नो सम्पूर्ण भूभागमाथिको दाबी त्याग्न पुग्यो । यसको लगत्तै सन् १८१६ डिसेम्बर ८ मा इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई मर्का परेको भन्दै एड्वार्ड गार्डनरको नामबाट नेपाललाई पत्र पठाइ केही भूभाग फिर्ता गर्ने निर्णय गर् यो । जसअनुसार सन् १८१६ डिसेम्बर ११ का दिन नेपाल र कम्पनी सरकारबीच एक सहमतिपत्रमा हस्ताक्षर भइ कुसाह र गण्डक नदीबीचको तिरहुत र सरुन तथा गण्डक र राप्ती नदीबीचको तल्लो भाग अर्थात बुटवल सेवराजलगायतको भूभाग नेपालले फिर्ता पायो । त्यसैगरी सन् १८५७ को बङ्गाली सेना तथा त्यसपछिको लखनऊ विद्रोह दमनमा नेपालले सेना पठाई सहयोग गरेकोमा त्यसबाट खुसी भई इष्ट इण्डिया कम्पनी सरकारले महाकाली र राप्ती नदीबीचको बाँके बर्दिया कैलाली र काचनपुर नेपाललाई फिर्ता गर् यो । त्यसैकारण यी जिल्लाहरुलाई नयाँमुलुक भन्ने गरिएको हो ।

सीमा अतिक्रमणको थालनी
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार “नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सबै दाबीहरु परित्याग गर्ने र ती देशहरु वा तिनका बासिन्दासित कुनै चासो नराख्ने” भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पूर्व कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरु दुईतिर बाँडिन पुगे । जसमध्ये गुन्जी नाभी कुटी टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरु नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गाडर्नरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् :  ”With respect to the Bum Shah’s claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government.” Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , , , , , , , | 1 Comment »

नेपाली बोल्न नरूचाउने एनआरएन दोश्रो पुस्ता

Posted by Ram Kumar Shrestha on February 2, 2012

सम्पूर्ण नेपालीहरुलाई एकताको मालामा गाँस्ने रास्ट्रियताको एउटा शशक्त अभिव्यक्ति भनेको आफ्नै भाषा हो । बदलिंदो समयसंगै प्रवासिएका नेपालीहरुको दोश्रो पुस्ता अब बिश्वभरि फैलिसकेको छ । प्रवासी नेपालीको पहिलो पुस्ताले आफ्नो दोश्रो पुस्तालाई आफ्नो भाषा र संस्कृति सिकाउन जागरुक भएन भने उनीहरुको नेपालसंगको सम्बन्ध मात्र टुट्दैन कि बिदेशमा आफ्नो पहिचान पनि हराउनेछ । अत: पहिलो र महत्वपूर्ण काम भनेको आफ्नो घरमा नेपाली भाषामा कुरा गर्नु नै हो । त्यसबाहेक आफ्ना बच्चालाई हरेक दिन नेपाली अक्षर र शब्दहरु पढ्न र लेख्न पनि सिकाउनु पर्छ । नेपाली बाल साहित्यका किताबहरु पढ्न दिने र उनीहरुलाई आफ्नो भाषामाथि सम्मान र गर्व गर्न सानैदेखि सिकाउनु पर्छ । नेपालीहरुको समुदायमा घुलमिल गरायो भने उनीहरु आफ्नै उमेर समुहका बच्चाहरुसंग नेपाली मै कुरा गर्न पाएर दंग पनि पर्छन् ।

By सानु घिमिरे

घरभित्र पस्दापस्दै गेटनेरै उसंग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उफ्रिदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ बर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि म मुसुक्क हाँसे । उसको भन्दा पनि उसकी आमाको रुप रंगले नेपाली भएको लख काट्न मलाई कुनै गाह्रो परेन ।

“बाबुको नाम के हो ?”- लिफ्टमा पसेपछि मैले सोधें ।

आमा चाहिंले हतार हतार भनिन्- “बाबुले नेपाली बुझ्दैन ,’ इंग्लिश”मा सोध न।”

“किन नेपाली बोल्न सिकाउनु भा छैन ?’ फुच्चेतिर आकृष्ट भएको मेरो ध्यान आमाको वाक्यले मोडियो ।

“अब अस्ट्रेलियामा के को नेपाली ? अंग्रेजको देशमा अंग्रेजी जाने भइ हाल्यो नी ! ” उनले उत्तर दिईन् ।

स्तब्ध नभएको भए हुन्थ्यो, तर म स्तब्ध भएँ । दोश्रो तल्ला आएपछि म निस्की हाले ।

अब नेपाली मानिससंग अंग्रेजीमा बोलेर बिदा माग्न मन लागेन, हात मात्र हल्लाए । फुच्चेले “नाइस टु मिट यु आन्टी” मात्र होइन “ह्याब अ फन्” पनि भनि हाल्यो ।

आमाले गर्वका साथ मलाई हेरिन् ।

एक दिन एक जना आत्मीय दाजु भाउजुको घरमा काम बिशेषले गएकी थिएँ । उहाँहरुका छोराछोरीहरु घरमा अंग्रेजीमा कुरा गरिरहेका थिए । नेपाली सामुदायिक क्रियाकलापमा धेरै समय बिताउने दाजु भाउजु आफ्ना छोराछोरीसँग अंग्रेजीमै कुरा गरिरहनु भएको थियो । मैले नेपाली बोल्दा छोरा छोरीहरुले अंग्रेजीमा उत्तर दिन्थे । स्कुलमा अंग्रेजीमा बोलिहाल्छौ नी, मसँग नेपालीमा बोलन भन्दा उनीहरुले नेपाली बोल्न अप्ठ्यारो लाग्ने बताए ।

दाइको दोश्रो पुस्ताले नेपाली भाषा र संस्कृतीलाई बिर्सन्छन की भन्ने चिन्ता मिसिएको लेख म आफैले नेपालीमा टाइप गरि दिएकी थिएँ । आफ्नै घर र परिबारबाट नेपाली भाषा सिकाइनु पर्छ भन्ने कुरामा जोड दिइएको त्यो लेख र यो व्यवहारको तालमेल देखिएन ।

अस्ट्रेलियामा नेपाली भाषा र संस्कृतीको जगेर्ना गर्न लागि परिरहेको नेपाली कला, संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले यहि श्री पंचमी, सरस्वती पुजाको दिन नेपाली बालबालिकाहरुको लागि भनेर एउटा बिशेष बालकविता गोष्ठीको आयोजना गरेको थियो जसमा शिर्षक “मातृभुमी ” थियो । कबिता लेख्न त परै जावोस त्यहाँ उपस्थित बालबालिका मध्ये कसैले पनि मातृभूमिको बारेमा एक शब्द बोल्न पनि जानेनन् । संस्थाकी अध्यक्ष जानकी पौडेल आफैले आफ्नो छोरा नेपाली भाषा पढ्न र लेख्न नजान्ने तर बोल्न मात्र जान्ने भएको भन्दै उसले नेपाली भाषा बिर्सने हो की भन्ने चिन्ताले आफूलाई सताउने गरेको बताउनु भयो । कार्यक्रममा सहभागी सबै अभिवावकहरु आ -आफ्ना बच्चाहरुको नेपाली भाषाप्रतिको उदासिनताले चिन्तित भएको भावना व्यक्त गरिरहेका थिए। Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , | Leave a Comment »

बुद्ध जन्मथलो र लुम्बिनी भ्रमण वर्ष

Posted by Ram Kumar Shrestha on January 31, 2012

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ । 

By रतन भण्डारी

नेपाल भ्रमण वर्ष २०११ पछि २०१२ लाई नेपाल सरकारले लुम्बिनी भ्रमण घोषणा गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रचारप्रसार तथा विकास निर्माणमा भ्रमण वर्षले योगदान पुर्याउनुको साथै पयर्टन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिइएको छ । भारतले संसारभर बुद्ध भारतमा जन्मेको कुप्रचारलाई चिर्न समेत भ्रमण वर्ष सहायकसिद्ध हुने कुरामा विश्वास गर्न सकिन्छ । तर चीन, कोरियाजस्ता छिमेकी तथा मित्र राष्ट्रहरुले लुम्बिनी विकासमा सहयोग उपलब्ध गराउन खोज्दा भारतले अनेकन बहानामा बखेडा झिक्दै आएको सत्य पनि कहीँबाट छुपेको छैन । यसका बाबजुद नेपाल सरकारले घोषणा गरेको लुम्बिनीलाई भ्रमण वर्षलाई सफल पार्नु आम नेपालीको कर्तव्य हो ।

सन् २०१० को मध्यतिर दक्षिणपूर्वी एशियाली राष्ट्र लाओस पुगेको थिएँ । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको लाओसको राजधानी भियन्टाइन शहर सुनौला बुद्ध मूर्ति तथा मन्दिरहरुले झकिझकाउ थियो । २५ सय वर्ष अघि आफ्नो देशमा जन्मेका बुद्धको ज्ञानको ज्योति लाओसमा प्रज्वलित भैरहेको देख्दा म कम्ता फुरुङ्ग भइनँ । ती सबै दृश्य देख्दा लाओसी जनता बुद्ध जन्मथलोबारे राम्रै जानकार होलान् भन्ने लागेको थियो । यसैबीच मैले त्यहाँका केही साथीहरुलाई आफू बुद्धको जन्मेको देशबाट आएको भन्दा उनीहरुले बुद्ध त भारतमा जन्मेका होइनन् र भने । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो कसरी भारत हुन्छ भन्दा उनीहरुले भारतीय दूतावासले हरेक वर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा बुद्ध भारतमा जन्मेको जानकारी दिइने गरेको बताए । यो सुनेर म चेत खाए । यो त एउटा सानो घटनामात्र हो । भारतले नेपालको दूतावास तथा कुटनीतिक नियोग नरहेका लाओसजस्ता अरु देशहरुमा यस्ता कुप्रचार कति विस्तार गरेको होला भन्ने कुरा यसैबाट अनुमान गर्न सकिन्छ ।

यसरी भारतले बुद्ध भारतमै जन्मेको कुप्रचार रोकेको छैन । सन् २००९ को शुरुतिर “चाँदनी चोक टु चाइना” नामक हिन्दी चलचित्रमा समेत बुद्ध भारतमा जन्मिएको विवादास्पद सम्वाद भारतीय सेन्सर बोर्डबाटै स्वीकृत भएको थियो । बोधगयालाई “अन्तर्राष्ट्रिय बुद्ध केन्द्र” बनाउने नाममा केही महिना अघि चीनको राजधानी बेइजिङमा भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बुद्ध भारतमा जन्मेको खुलेयाम कुप्रचार गरिएको थियो । खासगरी नेपालले लुम्बिनी विकासमा देखाएको तत्परताबाट अतालिएको भारतले हतारहतार बेइजिङमा सो कार्यक्रम गरेको थियो । बेइजिङमा कार्यक्रम अघि भारतले काठमाडौँमै त्यसको पूर्वतयारी गरेको र केही नेपाली सहभागीहरुलाई पनि उक्त कार्यक्रममा सहभागी गराइएको पनि सुनिन्छ । यसरी विगतदेखि नै भारत बुद्ध भारतमा जन्मेको झुठलाई पुष्टि गर्न अनेकौँ हतकण्डा अपनाउँदैआएको छ । यसका लागि उसले सबै अश्त्र प्रयोगमा ल्याएको छ । एकताका भारत नेपालको लुम्बिनी पारी ईटा थुपारेर नक्कली कपिलवस्तुसम्म खडा गर्ने अभियानमा जुटेको थियो । शुद्धोदनको दरवार पिपरहवामा अनि बुद्धको मावली रामग्राम-देवदह नभइ भारतको महाराजगाज भन्ने हौवा मचाएको थियो । तर ऐतिहासिक-पुरातात्विक प्रमाण विनाको नक्कली भारतीय कपिलवस्तुलाई हावा खान धेरै दिन लागेन । केही नलागे पछि अजितकुमार त्रिपाठी तथा चन्द्रमान पटेलजस्ता तथाकथित भारतीय इतिहासकारहरुलाई अघि सार्दै भारतले बुद्धको जन्मथलो उडिसाको भुवनेश्वरनजिक कपिलेश्वरतिर भएको कुतर्क पेस गर् यो । उडन्ते कथाझै रचिएको उडिसाको ुतथाकथित कपिलवस्तु को पनि धेरै दिन टिकेन । भारत सरकारमात्र नभई भारतीय साधुसन्त समेत बेलाबखत बुद्ध भारतमा जन्मेको अभिव्यक्ति दिँने गरेका छन् । गत जेठ महिनामा भारतीय योगगुरु भनिने रामदेवले समेत उनको भ्रष्टाचार विरोधी आन्दोलनका बेला बुद्ध भारतमा जन्मेको भनेर खुला अभिव्यक्ति दिए । तर उनको भनाइको कतैबाट खण्डन भएन ।  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | 3 Comments »

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम

Posted by Ram Kumar Shrestha on December 24, 2011

शिवजी श्रेष्ठ

गत हप्ता जब चिनिया प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात स्थगित भएको समाचार आउने बित्तिकै यस्ता टिकाटिप्पणी र समाचारहरु नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरुका नेताहरुबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरु पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरुले मिडियाहरु रंगिएका थिए । सञ्चार माध्यमहरु चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरुलाई लिएर यति नकारात्मक रुपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनि विज्ञप्ति नै प्रकाशित गर्नुपर्‍यो ।

कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरु, अधिकाश समाचार शीर्षकहरु नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कूल कम्पाउण्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरु प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको शुरुवात समाचार हेरेर वा पढेर शुरु गर्नेहरुको सम्पूर्ण दिन यिनै कुराहरुबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चार माध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरुले भरिएको सन्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्चि म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चिय, हिंसा, अस्थिरताबाट मात्रै गुजि्रएको छ त ? भन्ने प्रश्नवाचक चिहृन प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरुको श्रृंखलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरु त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरु नभएका हुन् त ?  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु

Posted by Ram Kumar Shrestha on November 6, 2011

By रामकुमार श्रेष्ठ 
 
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।

छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएकोमासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको,  न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र?  Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

गैरआवासीय नेपाली संघको पाँचौँ विश्व सम्मेलनका सन्दर्भमा माथिल्लो कर्णालीका बिषयमा ध्यानाकर्षण पत्र

Posted by Ram Kumar Shrestha on November 1, 2011

 विषय प्रवेश: 
कुनै पनि देशको आर्थिक समृद्विको लागि प्राकृतिक स्रोत र साधनको पहिचान स्रोत र साधनको सही एवं बैज्ञानिक परिचालन अनिवार्य सर्त हुन् । यो हुन नसकेको कारण लाखौंको संख्यामा नेपाली यूवाहरु राम्रो रोजगारको खोजी रोजगार एवं अध्ययन अनुसन्धान भन्दै विदेशिन बाध्य छन् । नेपालको अकुत जलसम्पदा जंगल जडिबुटी जमिन जनशक्ति जराजुरी जलवायू आदि मध्येको महत्वपूर्ण हिस्सा ओगटेको कर्णाली प्रदेश पिछडिएको नेपालको अझ पिछडिएको क्षेत्र बनेर रहिरहेको छ । त्यहाँ स्थायी रुपमा ३६५ किसिमका र मौसमी रुपमा ५०० प्रकारका जडिबुटी पाईन्छ । त्यसको बास्तबिक रुपमा अध्ययन भण्डारण प्रशोधन हुन नसकेका कारण कच्चा रुपमा कौडीको भाउमा निर्यात हुन्छ भने कतिलाई पहिचान गर्न नसकेर  खेर गैरहेको अबस्था छ भने देश निर्माणमा सम्पूर्ण क्षमताले लाग्नु पर्ने यूवाहरु र यूवा उर्जा विज्ञता एवं रोजगारीको खोजीमा विदेशिइरहेको  स्थिति छ ।
उर्जा संकट र माथिल्लो कर्णाली:
नेपाल भयाबह रुपबाट उर्जा संकटमा डुबेको छ भन्ने कुरा बताईरहन पर्दैन ।  बुद्विजीवी वर्ग कर्मचारी सरकारी निकाय  सर्वसाधारण एवं सरोकारवाला सबैलाई अबगत भएकै कुरा हो । दार्जिलिङ बाहेकका पुरै भारत र चीन  जल उर्जाको हिसावले  अध्यारैमा रहेको अबस्थामा चन्द्रशम्सेरको पालामा ५०० किलोवाट क्षमताको फर्पिङ्ग जलविद्युत आयोजना  १९११ मा सुरु भएर अहिले यसले १०० वर्ष पुरा गरेको छ ।  सन् १९६६ मा आफ्नो विद्याबारिधि सोधपत्रमा डा. हरिमान श्रेष्ठले उल्लेख गरेको आधारमा ८३००० मेगावाट जलविद्युत उत्पादन क्षमता छ भनिदै आइएको छ । जसमा आर्थिक सभ्याव्यताको दृष्टिले ४२००० मेगावाट उत्पादन गर्न सम्भव मानिएको छ । अहिलेको विकसित नयाँ प्रविधिमा प्रयोग र जलाशययुक्त  परियोजना निर्माण गरेमा २ लाख ४० हजार मेगावटसम्म उर्जा द्वैमासिक चैत्र २०६७ जलविद्युत उत्पादन गर्न सकिने देखिन्छ  तर यतिधेरै उर्जा क्षमता भएको हाम्रो देशमा १०० वर्षको अबधिमा मात्र ६४४ मेगावाट जडित क्षमताको उत्पादन भएको छ । जुन ८३००० मेगावाट को ज्ञ।द्दट५ मात्र हो । यसबाट बर्षायाममा ५४९ मेगावाट र हिउँदको समयमा ४५० मेगावाट मात्र विद्युत आपूर्ति हुनसक्छ ।  सरकारी तथ्यांक अनुसार अहिले ४४ प्रतिशत जनताको घरमा  विद्युत लाईन पुगेको छ ।  ५६ प्रतिशतले विद्युत उपयोग गर्न पाएका छैनन् ।  ४४ प्रतिशत जनतामा बाडिएको विद्युत लोडसेडिङलाई सुन्यमा झार्ने हो भने २४ प्रतिशत जनताले मात्र पूर्ण रुपमा प्रयोग गर्ने सम्भव छ । प्रतिवर्ष १० प्रतिशतको दरले माग बृद्वि पनि भईरहेको छ ।

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , | Leave a Comment »

बर्तमान नेपालको राष्ट्रियता र विस्व शान्तिका सूत्राधार बुद्ध र कपिलवस्तु दिवस अभियान

Posted by Ram Kumar Shrestha on October 31, 2011

By रामकुमार श्रेष्ठ,  विस्व संयोजक कपिलबस्तु दिवस अभियान
[यही अक्टोबर २९-३१, २०११ मा लण्डनमा भएको नेवारहरुको पहिलो विस्व भेलामा प्रस्तुत कार्य पत्र हो यो । उक्त भेलामा संस्कृतिबिद सत्य मोहन जोशी, सभासद भान्टे आनन्द पथ, मानब अधिकारबादी समाजसेवी पद्मरत्न तुलाधर, प्रो मणिक लाल श्रेष्ठको समेत सहभागिता थियो । भेलामा अमेरिका, बेल्जियम, हल्याण्ड, नेपाल र वेलायतका प्रतिनिधिहरुले भाग लिएका थिए । ]
पृष्ठभूमि: समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त  करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित  उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।
ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा ।
बुद्ध अनेकतामा एकता कायम गर्ने बर्तमान नेपालको राष्ट्रियताको प्रमुख सूत्राधार मात्रै नभएर उहाँद्धारा प्रतिपादित बुद्धिज्म युद्ध र अशान्तिले ग्रस्त बर्तमान बिस्व परिबेशमा विस्व भातृत्व एबं विस्व शान्तिका सूत्राधार पनि मानिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

Nepal-India relations: Some thoughts

Posted by Ram Kumar Shrestha on August 20, 2011

By Gopal Thapa

Nepal’s India policy, too, is inconsistent, incoherent and bereft of national consensus. Whatever policy we may have is also characterised by excessive dominance of incompetent, visionless and opportunist geriatric political leaders, and supine and petrified bureaucracy.

One of the longtime Nepal-India relations observers, Dr. S.D. Muni has listed the constant and strategic variable as two fundamental elements influencing relations between the two countries. He calls history, geography and culture as the “constant”, and the social, political and economic elements as “strategic” variables. Ability to balance these elements, he argues, can result in the most harmonious relations between the two countries. He sees less of a problem in the constant elements than those from the strategic ones.

To some extent, these arguments sound tenable. Nevertheless, they fail to capture the contemporary realities and the changes of profound magnitude our relations have undergone in the last two decades, beginning the 90s, to be specific. Even as we emphasise the similarity of   history and geography, we often fail to focus on the range of inherent differences that our relations are informed of.  The sheer territorial and population size of India is an element of awe   for Nepal. The level of economic development, social awakening, educational progress and the maturity of democratic institutions there are other fear – escalating factors. Nepal is surrounded by India on three sides. Her economic and trade relations are always skewed towards India. In terms of culture as well, Indian visibility is ubiquitous. For example, Indian films and television serial programs have, of late, literally inundated every Nepali home. Even ads for Nepali products have had notorious Indian impacts. These realities have largely shaped our perceptions about India and have consequences, good and bad, on our overall relations. No doubt, both countries have recognised the differences.  However,  it must be said that both have  been unable to  take advantage  from the similarities, nor have there been serious and genuine  attempts,  at removing  the lingering  perceptions of differences, more from Nepal and equally from India, too.   In Nepal, particularly, India-bashing and genuflexion, has been the main weapon for some political parties to show their relevance.  India’s handling of relations is also quite flawed, as is admitted by many independent thinking Indian intellectuals. One must not, therefore, lose sight of the fact that the refrain of cultural and historical closeness and   geographical proximity alone wouldn’t make much of a sense unless accompanied by serious and practical efforts on the ground to render our relations more productive and mutually beneficial. Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: | Leave a Comment »

विदेशमा बस्नेले बुद्धका लागि यति काम किन नगर्ने ?

Posted by Ram Kumar Shrestha on May 19, 2011

मिलन तिमिल्सिना

बुद्धको नाममा हरेक वर्षमा एकपटक शान्ति र अहिंसाको कुरा हुन्छ । बुद्धको विचार र योगदानको चर्चा हुन्छ । औपचारिक तामझाम र चहलपहलमै बुद्धजयन्तीको कर्म समाप्त हुन्छ । यसवर्ष पनि यस्तै कर्मकाण्डी काम सहित बुद्धजयन्ती मनाईयो । तर दुःखको कुरा जुन गौतम बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गरिरहेका छौं त्यसको स्वामित्व भने चलाखीपूर्ण ढंगले हाम्रै छिमेकी भारतले लिन खोज्दैछ ।

भारत र गौतम बुद्धबिचको साइनो भनेको उनले भारतको गयामा तपस्या गरेर बुद्धत्व पाएका हुन् । तर यी ठूल्दाई यतिखेर साम, दाम, दण्ड, भेद लगाएर बुद्ध भारतमै जन्मिएका हुन भनेर भ्रम छर्ने अभियानमा छ । मिडियामा भँगेरे टाउके अक्षरमा बुद्ध भारतमा जन्मिएका हुन भनेर आइरहेको, थुप्रै देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएको भनेर उल्लेख भएको छ । त्यतिमा त्र हैन, नेपालको कपिलबस्तुमा रहेको लुम्बिनीजस्तै हुबहु संयन्त्र बनाइरहेको भारतले । त्यसैले बुद्ध जयन्ती मनाइरहँदा बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन भनेर स्थापित गर्ने संकल्पमा लाग्नु नेपालीहरुको पहिलो कर्तब्य भएको छ ।

गौतम बुद्ध नेपाली माटोमा जन्मेका यहाँका ऐतिहासिक विभूति हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएपनि छिमेकी भारतले यसलाई भ्रममा पार्ने कुचेष्टा गरिरहेको छ । संसारका धेरै मान्छेले मान्ने गौतम बुद्धलाई उसले आफ्नो बनाउने दुस्साहस गरेको छ । यसलाई चिर्न स्वदेशमा रहेकाको भन्दा बिदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुन्छ । संसारका हरेक कुनामा बस्ने नेपालीले बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् भन्ने कटु यथार्थलाई स्थापित गर्न सक्छन् । यसको लागि केही गर्नै पर्दैन आआफ्ना ठाउँबाट यसबारे सानो प्रचारप्रसार नै पर्याप्त हुन्छ । बेलायतमा बस्ने रामकुमार श्रेष्ठको अगुवाईमा यस्तो अभियान शुरु भैसकेको छ जसमा बिश्वभरका हजारौं अभियन्ता जोडिएका छन् । उहाँ लगायतको समूहले सामाजिक सञ्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवसको रुपमा मनाउन थालेको छ । बुद्धका महत्वपूर्ण सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचारप्रसार गर्नु अभियानको मुख्य उदेश्य हो । अभियानले बुद्धको जन्मस्थलबारेको भ्रम चिर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्नेे कटु यथार्थलाई बिश्वसामु चिनाउने प्रयत्न गरिरहेको छ । उसले बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई पर्यटकीय स्थलको रुपमा मलजल गर्ने प्रयास पनि थालेको छ । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | 1 Comment »

बुद्ध जयन्तीको सान्दर्भिकता

Posted by Ram Kumar Shrestha on May 18, 2011

लक्ष्मण पुरी

विश्व शान्तिका अग्रदुत एवं बुद्ध धर्मका प्रवर्तक भगवान बुद्धको २५५५ औं जन्मजयन्ती यही वैशाख पूर्णिमाका दिन विश्वभर मनाईदैंछ । शान्ति, अहिंसा, मैत्री र करुणाले नै मानिसलाई सत्मार्गमा प्रेरित गर्छ एवं आध्यात्मिक र भौतिक चिन्तनको सही अभ्यासबाट मात्र मानिसले दुःखबाट मुक्ति प्राप्त गर्दछ भन्ने सन्देश साथ समग्र मानव जीवनलाई शान्ति र सुखतर्फ प्रेरित गर्ने उनका शाश्वत चिन्तन मानव समाजका निम्ति सदैव प्रेरित रहनेछ ।

रोग, भोक, कलह, हिंसाबाट आक्रान्त समग्र विश्व जगत भौतिक विकासको शिखरमा पुग्दा समेत मानिसका दुःख र समस्या ज्यूँका त्यूँ रहँदा आज उनका प्रेरणारुपी दर्शन झनै घनीभूत रुपमा महत्वपूर्ण हुँदैं आएको छ । आफूलाई नबुझी संसार बुभ्mन सकिदैंन । सहअस्तित्व बिना शान्तिको कल्पना गर्न सकिदैंन । ईश्वर आफूभित्र नै हुन्छ भनि संसारलाई भौतिक लालसाको उच्च मनोकांक्षालाई सन्तुलित गर्ने र अरुको अस्तित्व स्वीकार्दा मात्र आप्mनो अस्तित्वको रक्षा हुन्छ भनि सद्भावका निम्ति प्रेरित गर्ने उनको विचार–विज्ञान मानवका लागि भौतिक विज्ञानको कालखण्डमा समेत महत्वपूर्ण रहिरहनेछ ।

इशा पूर्व ५६३ मा तत्कालिन ऐतिहासिक गणराज्य कपिलवस्तु (हालको कपिलवस्तु, नेपाल) मा जन्मिएका गौतम बुद्धको आर्दश नेपालका लागि जति प्रेरणादायी छ, त्यति नै उनि जन्मिएको पवित्रस्थललाई आप्mनो आँगनमा समेट्न पाउँदा नेपाल अन्तर्राष्ट्रिय रुपमै गौरवान्वित समेत छ । तर बिडम्बनाको कुरा विश्व शान्तिका स्रोतको आप्mनै पवित्र मन्दिर र जन्मभूमि आपैm भोक, गरिबी, अशिक्षा, हिंसा र सामाजिक विखण्डनले रन्थनिएको छ ।

दूरदर्शिताको अभाव, जनता नै शासक हुन् र राज्यको प्रतिफल सबै जनतामा समान हुनुपर्दछ, जाति, धर्म, भाषा मानिसका सांस्कृतिक विशेषण भएपनि मानवीयताले नै मानिसलाई एकाकार गरी समाजलाई शान्तिपूर्ण रुपमा गतिशिल बनाएको हुन्छ भन्ने भावलाई नबुझी केवल आफु र आप्mनै वर्गीय स्वार्थमा मानव समाजलाई शोषण र दोहन गर्दै नेपालको शासकीय स्वरुप आजसम्म आइपुग्दा नै नेपाली समाजले यो दुरावस्था भोग्नुपरेको विदितै छ । प्रकृतिको अनुपम सौन्दर्य, अपूर्व प्राकृतिक स्रोत र साधनले पूर्ण, विश्वकै निम्ति प्राकृतिक स्वर्गको रुपमा रहेको नेपालमा बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेको तथ्यांक विश्वले हेर्नु पर्दा अन्तर्राष्ट्रिय जगतले हामीलाई गिज्याइरहेको छ । घरमा भकारी लुकाएर छिमेकीका मानो माग्न हिंड्ने नेपाली प्रवृत्तिले नै हामीलाई यो स्थानमा राखेको छ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तुलाई मात्र भएपनि प्रभावकारी रुपमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने र विश्वभरका बुद्धिष्टहरुको ध्यानाकर्षित गर्ने हो भने लुम्बिनी एक्लैको आयले समग्र नेपालको विकासमा टेवा पुग्न सक्छ । विश्वभर करिब १ अर्ब देखि डेढ अर्बसम्म बुद्धिष्ट धर्मावलम्बीहरु रहेको अनुमान गरिन्छ । संख्यात्मक रुपमा यो विश्वकै तेस्रो ठुलो धर्मको रुपमा स्थापित भएको छ । यति धेरै संख्यामा रहेका बुद्धिष्टहरुलाई नै बुद्ध जन्मेको स्थल नेपालमा पर्छ भन्ने थाहा छैन । ग्लोबमा समेत नभेटिने सानो देश नेपालको बारेमा नेपालका सरोकारवालाहरुले उचित प्रवद्र्धन गर्न नसक्दा आज लुम्बिनी ओझेल र अपेक्षित विकासमा पछाडि त परेको छ नै यसलाई प्रतिविम्बित गर्ने गरी कृत्रिम रुपमा खडा गरिएका नक्कली स्थलहरुले आज विश्व पर्यटकहरुको ध्यान खिंचिरहेको छ । कुल बुद्धिष्टहरुको करिब १ प्रतिशत मात्र तीर्थयात्रीहरु भित्र्र्याउने हो भने करिब १ करोड पर्यटक संख्या हुन्छ । जुन नेपालको कल्पना भन्दा पनि बाहिरको कुरा हो । पर्यटन वर्ष मनाउँदा समेत करिब ५ लाख पर्यटकका लागि रुनुपर्ने नेपाललाई यो संख्याको अनुमान पनि भारी हुन्छ । गत वर्ष सन् २०१० मा मात्र १ लाख ५० हजार जना इण्डियन सहित विदेशी पर्यटकले मात्र भ्रमण गरेका छन् । के हाम्रो लागि यो लज्जाको विषय होइन र ? तर यथार्थ यही हो । उचित प्रचारप्रसार हुन नसक्दा विश्वका थुप्रै पर्यटकहरुलाई नेपालका बारेमा जानकारी छैन र भएकामा समेत भ्रम छ नेपाल एउटा स्वतन्त्र मुलुक नभई भारतकै एउटा अंग हुनुपर्दछ । जसको फाइदा भारतले उठाइरहेको छ । आजपनि हजारौं पर्यटक भारतीय बाटो हुदैं नेपालको लुम्बिनी घुमेर जान्छन् । तर उनिहरु घुमेको क्षेत्र नेपालको लुम्बिनी हो भन्ने तथ्य अनभिज्ञ राखिन्छ । नेपाल भारतको सिमाना छुट्टिने गरी पर्यटकलका लागि कुनैपनि संकेत त्यहाँ राखिएको छैन । जसको आर्थिक घाटा त छ नै सामरिक घाटा समेत नेपालले व्यहोर्दै आएको छ । हालै मात्र संयुक्त राष्ट्र संघका महासचिव एवं थाइल्याण्डका संस्कृति मन्त्रीले लुम्बिनीबारे जानकारी भर्खर पाएको मिडियामा आएको छ । यो भन्दा ठूलो अक्षमता सरकारका लागि के हुन्छ ? सरकारी पक्षको उदासिनता, भारतीय शासकप्रति नेपाली राजनीतिज्ञहरुको चाकरी प्रथा, स्वतन्त्र अडानको अभाव, अन्तर्राष्ट्रिय षडयन्त्र र विशेषगरी भारतको हेपाहा प्रवृत्तिकै कारण समग्र लुम्बिनीको विकास दु्रत गतिमा नभई कछुवा गतिमा भैरहेको छ । त्यसमा पनि विदेशी केही बौद्ध मुलुकहरुको सदाशय एवं सहानुभूतिबाट मात्र त्यो प्राप्त भएको हो । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

सीमासँग गाँसिएको सुरक्षा चासो

Posted by Ram Kumar Shrestha on May 13, 2011

By बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच विद्यमान खुला सिमानाका केही सकारात्मक पक्ष छन् भने कयौं गुणा बढी नकारात्मक कुरा रहेका छन् । खुला सीमाका यस्ता नकारात्मक पक्ष सुरक्षा मामिलासँग गाँसिएका छन् । आतंककारी, अपराधी र विध्वंसकारी तत्त्व बिनारोकतोक खुला सीमा वारपार गरिरहेका छन् । अवैध कारोबारीले बिनाहिच्किचाहट चलखेल बढाइरहेका छन् । यस्ता तत्त्वले दुवै देशको सुरक्षामा प्रतिकूल प्रभाव पारिरहेको पाइन्छ । यो दुवै देशको चासोको विषय रहिआएको छ ।

भारतीय विदेशमन्त्री एसएम कृष्णा र विदेशसचिव निरूपमा रावको हालैको नेपाल भ्रमणका दौरानमा नेपालमा बढ्दो असुरक्षा, सुपुर्दगी सन्धि, नक्कली भारतीय मुद्रा नेपालबाट भारततर्फ छिराउने गरेको, नेपालमा स्थापित भारतीय कम्पनीको असुरक्षा, भारतीय कूटनीतिज्ञको असुरक्षा, नेपाल-भारत सीमांकन, ९८ प्रतिशत सीमा नक्सामा हस्ताक्षरसमेतका विविध बुँदा भारतीय पक्षबाट नेपालसमक्ष राखिएको थियो । मन्त्री कृष्णाले प्रधानमन्त्री झलनाथ खनालसँगको भेटवार्तामा पनि यी कुरा उठाए । भारतसँगको सम्बन्ध सुधारका लागि सुरक्षा स्थिति सुदृढ गर्ने लगायतका विषयमा प्रधानमन्त्री खनालले भारतलाई आश्वस्त पारेको समाचार सम्प्रेषण गरिएका थिए । सुरक्षाकै कारण नेपालमा रहेका भारतीय ठूला लगानी भाग्ने स्थिति आउन नहुनेमा पनि दुवै पक्ष सहमत रहेका थिए ।

यी सबै कुराको सूत्रधार नेपाल र भारतबीच रहेको खुला तथा अनियन्त्रित सिमाना नै हो । सुरक्षाको चासो सीमासँग गाँसिएको छ । विध्वंसकारीले सीमाको एकातिरको सुरक्षामा खलल पार्छन् अनि अन्तर्राष्ट्रिय खुला सीमाबाट लुसुक्क अर्कोतिर पसेर चुपचाप बस्छन् । सुरक्षा र खुला सीमाको पाटो निकै लामो छ । सुपुर्दगी सन्धि पनि सीमासँग जेलिएको छ । भारत र नेपालका नागरिकबाहेक तेस्रो देशका बासिन्दा भारतमा अपराध गर्छन् र छद्मभेषमा भारतीय नागरिकका रूपमा अनियन्त्रित सीमा पार गरी नेपाल पस्छन् । कालान्तरमा नेपालमा समातिन्छन् । यस्ता तेस्रो देशका अपराधीलाई नेपालले भारतसमक्ष सुपुर्दगी गर्नुपर्छ भन्ने भारतको चाहना छ जसलाई नेपालले सहमति दिन सकिरहेको छैन । सीमामा परिचयपत्र देखाएर मात्र अन्तर्राष्ट्रिय सीमा वारपार गर्न पाउने व्यवस्था भए यस्ता अपराधी सीमामै पक्राउ पर्न सक्थे ।

यसैगरी भारतीय नक्कली नोट तेस्रो देशबाट नेपाल भित्र्याई नेपालबाट तेस्रो देशकै नागरिकले भारतीय भूमिमा पुर्‍याउने काममा पनि खुला सीमाकै बाटो समात्ने गरेको सञ्चारमाध्यममा बराबर आउने गरेको छ । नक्कली नोट भारतीय सीमावर्ती क्षेत्रमा छ्यापछ्याप्ती भेट्टाइनाले यसबाट भारतीय मौदि्रक अर्थतन्त्रमा प्रतिकूल असर पर्न लाग्यो भनी भारत चिन्तित मुद्रामा रहेको छ । भारत र नेपालबीचको सीमा नियमन भइदिएको भए यस्ता अवैध कारोबार रोकथाम हुने थियो ।

यी सबै समस्या दुई देशबीच रहेको खुला तथा अनियन्त्रित सीमा व्यवस्थासँग जोडिएर रहेको छ । यसलाई नियमन गर्ने हो भने सुरक्षा मामिलाको ५० प्रतिशतभन्दा बढी समस्या समाधान हुन सक्छ । अवैध र अनियमित कारोबार नियन्त्रणमा आउन सक्ने थियो । अपराधी र विध्वंसकारीको मनोबल खस्किने थियो । लस्कर-ए-तोइबाका सदस्य मुहमद ओमार मदनीजस्ता व्यक्ति नेपालबाट खुला सीमाको बाटो समाती नयाँदिल्ली पुग्न सक्ने थिएनन् । यसैगरी कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालमा व्यापार सञ्जाल फिँजाउन सक्ने थिएनन् । छोटा राजन समूहका सदस्यले सञ्चार उद्यमी जमिम शाह र सांसद मिर्जादिल सादबेगजस्तालाई गोली ठोकी केही घन्टाभित्रै खुला सीमा पार गरी भारत हुँदै बैंकक हानिन सक्ने थिएनन् । नेपाल-भारत सीमा नियन्त्रित रहेको भए दोलखा लामाबगर उत्तरको लेप्चे गाउँबाट अवैध तरिकाले नेपाल भित्रने तिब्बती घूसपैठलाई भारतको धर्मशालामा रहेका दलाई लामासम्म पुर्‍याउने चलखेलमा हाम्रा पूर्वराज्यमन्त्रीजस्ता महोदय लाग्न सक्ने थिएनन् होला । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Leave a Comment »

सीमा नक्सामा हस्ताक्षरको हतारो

Posted by Ram Kumar Shrestha on April 29, 2011

By बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच १ हजार ८ सय ८ किलोमिटर सीमारेखाको ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भएको छ । यसअन्तर्गत १ सय ८२ थान सीमा नक्सा (स्टि्रप म्याप) तयार भएका छन् । यी नक्सामा दुवै देशका पदाधिकारीले संयुक्त हस्ताक्षर गर्नुपर्छ भनी भारतद्वारा बराबर कुरा उठाइएको छ । भारतका विदेशमन्त्री एसएम कृष्णाको यसपटकको नेपाल भ्रमणका अवसरमा पनि यो कुरा उठ्यो । कृष्णाको भ्रमण दौरानमा वैशाख ९ गते वितरित प्रेस विज्ञप्तिमा नेपाल-भारतबीच सीमांकन भएको ९८ प्रतिशत स्टि्रप म्यापलाई हस्ताक्षर गर्न आवश्यक भएको कुरा उल्लेख गरिएको छ ।

यसअघि भारतीय विदेश सचिव निरूपमा रावले २०६७ माघ ४ तथा ०६६ भदौ २९, विदेशमन्त्री एसएम कृष्णाले ०६६ माघ १ र विदेश सचिव शिवशंकर मेननले ०६६ असार ७ मा नेपाल भ्रमण गर्दा पनि सीमा नक्सामा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेका थिए । यसैगरी नेपालका लागि भारतीय राजदूत राकेश सुदले यसै दैनिकको ०६६ जेठ ३ मा प्रकाशित अन्तर्वार्तामा ‘हामीले नेपाल सरकारलाई अन्तिम हस्ताक्षर गरेर स्टि्रप म्यापलाई औपचारिकता दिन अनुरोध गरेका छौं’ भनेका थिए । यसबाहेक भारतीय विदेशमन्त्रीको हैसियतमा प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा ०६५ मंसिर १० मा ‘करिब ९८ प्रतिशत सीमाक्षेत्र रेखांकन भइसकेको छ र तिनलाई नक्सामा समेत राखिएको छ । ती नक्सामा केही निश्चित सुधारपछि सम्बद्ध अधिकारसम्पन्न अधिकारीले हस्ताक्षर गर्नेछन्’ भनेका थिए । (कान्तिपुर दैनिक, ०६५ मंसिर १३) ।

यसरी नक्सामा हस्ताक्षर गर्न भारतले पटकपटक आह्वान/आग्रह गरे तापनि नेपालले यसबारे ठोस जवाफ तथा प्रतिक्रिया दिएको पाइँदैन । यसले गर्दा ९८ प्रतिशत काम सम्पन्न सीमा नक्सामा संयुक्त हस्ताक्षर गर्नुपर्ने हो या होइन ? भन्ने जिज्ञासा उत्पन्न भएको छ । हस्ताक्षर गर्नुपर्ने हो भने नेपाल किन बोल्दैन ? हस्ताक्षर गर्न नमिल्ने हो भने भारतले बारम्बार किन दबाबरूपी आग्रह गरेको होला ? यस सम्बन्धमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, प्रचलन र परम्परा के छ भन्ने कुरा नै यस मामिलाको छिनोफानो गर्ने मसला हुनसक्छ । सीमा नक्सा हस्ताक्षर गर्ने सम्बन्धमा दुई बुँदा रहेका छन्, प्रथमतः अन्तर्राष्ट्रिय सीमा सिद्धान्त र दोस्रो, पारम्पारिक प्रचलन ।

अन्तर्राष्ट्रिय सीमा सिद्धान्त

अन्तर्राष्ट्रिय सीमा अवधारणाअनुसार सीमा नक्सा तथा यससम्बन्धी दस्तावेजमा सिमानाको सम्पूर्ण कार्य -बोर्डर बिजनेस) सम्पन्न भएपछि संयुक्त हस्ताक्षर गर्नुपर्छ भन्ने प्रावधान रहेको छ । बोर्डर बिजनेस पूर्ण भयो भनी नक्साका साथै सीमा बडापत्र -बाउन्ड्री प्रोटोकोल) मा दुवै देशका अधिकारसम्पन्न पदाधिकारी -प्लेनी पोटेन्सियरी) ले संयुक्त हस्ताक्षर गर्ने चलन रहेको छ । यस्तो हस्ताक्षर गरेपछि ती कागजात आधिकारिक सामग्रीमा परिणत हुन्छन् । Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध/विचार | Tagged: , , , , , , , , , , , | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers