Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

Archive for the ‘गीत/ कविता/गजल’ Category

नववर्ष २०६९ को शुभ-कामना

Posted by Ram Kumar Shrestha on April 12, 2012

By चिन्तन शर्मा 

नववर्ष तिमी विश्वासको दीप जलाइ आऊ ।

चारैतिरवाट शान्तिको झण्डा फहराइ आऊ ।।

धेरै वहाए रगत जनताले यस धर्तिमा

रक्तिम धरामा श्रृजनाको नदी वगाइ आऊ ।।

मातृभूमीको दुर्गति देखेर निराश वनेको

जनमानसमा उत्साहको ज्वाला उठाइ आऊ ।।

धनी र गरीवविच विभेद सुल्झाउने

राहतको नयाँ अवधारणा वनाइ आऊ ।।

हिंसा र आतंकवाट पिडीत वुद्धको देशमा

“वसुधैव कुटुम्वकम्” को सन्देश फैलाइ आऊ ।।

Posted in गीत/ कविता/गजल | Leave a Comment »

गजल

Posted by Ram Kumar Shrestha on February 19, 2012

By डा. हरिकुमार श्रेष्ठ
स्युचाटार २ काठमाडौँ

बुद्ध जन्मेको देशमा जन्मने कुपुत्रले लुम्बिनीकै नाश गर्ने भए
दान दक्षिणा र अमन चयनको लागि विदेशीकै आश गर्ने भए ।

छैन गौरव नेपालीपनमा क्याउँ-क्याउँ गर्छन् लुम्बिनी प्रचार गर्नेको
जे छन् बुद्ध जन्मेको प्रमाणहरु विस्तारै विदेशमै पास गर्ने भए ।

औडाहा हुँदैछ देशद्रोहीलाई देशको ज्योति छर्दै हिड्नेहरुसँग
त्यसैले त बुद्धको प्रचार गरी हिड्नेको विदेशमै लास गर्ने भए ।

गर्छन् उजुरी कान फुक्दै इमिग्रेसनमा विदेश प्रवेश निषेधलाई
दानवहरुले बुद्धको जन्मथलो नास्दै एकछत्र बास गर्ने भए ।

घेर्नेछन् तिनले अझै कुनाकाप्चा नै पुगी निमुखा जनता सबैलाई
डटेर मुकाविला गर्ने कि त सबले राष्ट्रियताको आभास गर्ने भए ।

************************************************************************************************** Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

कपिलवस्तु हाम्रो

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान
ज्यानको आहुती दिएर बचाउँछौं स्वाभिमान

परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न
दशगजा होईन रातारात वैरीले सीमा मिच्न

नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु
नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु

आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ राम्रो
विश्व भरी प्रख्यात बनेको कपिलवस्तु हाम्रो Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

शहिद म‏

Posted by Ram Kumar Shrestha on September 11, 2011

छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म |

काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म
खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म
बाण तिखा, गोलि ताता, थाप्थें छाति म
बिछ्याई लहु भेल सरि, बढ्थें उर्ली म ||

निर्मित नेपाल लडी मैले, भएँ धुलो म
बलिदानै उपहास, भएँ पात्र म
युद्ध मेरा बिलिन कता, देख्छु आज म
पुछ्ने सिन्दुर छोरो आफ्नै, जल्छु भित्र म |

हाँसी खुशी बेच्छन आमा, भएँ बिबस म
रुन्छिन आमा कोक्याउँदै,  हुन्छु पिडित म
छैनन कोहि सुन्ने उनको, तड्पिई बस्छु म
मलामी छन् खुशी सारा, भएँ अबोध म || Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

केही गेडीहरु

Posted by Ram Kumar Shrestha on June 6, 2011

By कोशराज श्रेष्ठ

गेडी १ 


हाम्रो गाउ-घरमा ,आन्दोलन पस्यो रे !
तल्ला घरे अन्तरे ,जुलुसले डस्यो रे !
छिनैमा ,
मान्छे मर्छन् ,मध्य दिनैमा !

अझै पनि बाटोमा ,गोली चल्न छाडेन !
धेरै भयो पर्खेको ,अझै शान्ती बाडेन !
बोकेको ,
कस्ले होला ,अझै रोकेको !
************************************************************* Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

बुद्ध जयन्ति

Posted by Ram Kumar Shrestha on May 17, 2011

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान

आज २५५५ औं बुद्ध जयन्ति
परम्परागत चल्दै आछ  
दिनहुं बुद्ध र उनका उपदेशहरु 
विश्वभर लोकपि्रय हुंदै आछ 
तर उनको जन्मभूमीबारे 
मौनता र ओझेलमा राखियाछ 
त्यसैले यस सवालमा निकै नै
प्रचार प्रसार गर्नै पर्ने भाछ । 

किनकि  
आज यी विश्व धरोहरको जन्मस्थानबारे 
विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ 
भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी 
पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ  
के यो मानव अधिकारको ठाडै हनन् हैन त  
के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र 
बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त?

के अब त साँच्चै नै 
विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु 
एकै स्वरमा बोल्नु पर्ने बेला हैन र  
के सारा नेपालीहरु पनि 
रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र    
कहिले कांही आवाज नगुन्जने पनि हैनन् 
तर सुन्ने र गर्ने धेरै भएनन् 
किनकि हाम्रा केही राष्ट्र्घातिहरु
आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।

Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

“आपोकालिप्सिस” : एउटा “आपोकालिप्सिस” ढाल्नुछ

Posted by Ram Kumar Shrestha on March 23, 2011

मधु माधुर्य ( हाल : रसिया)

एक्लो सगरमाथा -

ठिंग उभिनुको कुनै अर्थ छैन अब

पग्लेर थुप्रै हिमालहरु

वागमती ‘टुकुचा’ बगिरहेछ …

 

विसर्जनको प्रवाहसंगै

इतिहासको जंडू नियति

दक्षिण बगिरहेछ

‘चुनामी’ नेताहरुको

जिजिविषा

भत्काउँदै

मठ-मन्दिर र गुम्बाहरु

थाप्दै दक्षिणको “आशिर्वाद”

उक्लिरहेछ

विकराल आपोकालिप्सिस :

उही सिक्किमको भीरबाट

देश खस्ने खतराको

अप्रिय  संकेत -

२-४ कुपुत्रहरुको उन्मादपूर्ण अट्टहास

वा आफ्नै आमा विरुद्धको ‘मुर्दाबाद’

भस्मासुरको कालो हात बनेर

भविष्यको पुर्पुरोतिर

बेरोकटोक / खुलमखुल्ला

डुलिरहेछ  … Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

देशभक्ति भावपूर्ण कबिताहरु

Posted by Ram Kumar Shrestha on February 9, 2011

Read the rest of this entry »

Posted in गीत/ कविता/गजल, भिडिओ, समाचार | Tagged: | Leave a Comment »

एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

Posted by Ram Kumar Shrestha on January 12, 2011

मधु माधुर्य ( हाल: मस्को ), कपिलवस्तु दिवस अभियान यूरोप संयोजक

कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो

यता, कवितामा उसले
नारी-स्वतन्त्रताको खाका कोर्दै थियो
उता अस्पतालमा, उनको श्रीमती
गन्दै थिई कविको प्रहारले सिर्जेको
नीलडामरुपी टाटुहरु

मसँग कविले
पुरस्कार किन्नु राम्रो काम होइन भन्दै थियो
मेरो साथीसँगको गोप्य भेटमा कविले
यो सालको पुरस्कार र सम्मान
उसैलाई चाहियो भनी चाकडी गर्दै थियो  Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

समानान्तर दृश्यहरु

Posted by Ram Kumar Shrestha on January 8, 2011

- डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !भगवानले मान्छे बनाएको देखेको छैन 

मैले
मान्छेले -
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु

आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ? Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

चन्द्रे नेपालीको मृत्यु

Posted by Ram Kumar Shrestha on December 31, 2010

By चन्द्र चिन्तन                                                                                                                      

हिमाल हाँस्दा
दन्ते लहर फिजाएर
मुसुक्क हाँस्छ चन्द्रे ।

पहाड फुल्दा
नौरङी भेषमा
ढकमक्क फुल्छ चन्द्रे ।

तराई नाँच्दा
कम्मर मर्काउदै
बयेली नाच्छ चन्द्रे । Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

गजल (होश गरौं )

Posted by Ram Kumar Shrestha on December 20, 2010

By तुल्सी पौडेल (प्रकृति प्रेमी )
छिमेकिको लुते कुकुर भुक्ला फेरी होश गरौ ,
नेपालीको अझै शिर झुक्ला फेरी होश गरौ !

बुद्धिजीबि हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची ,
पराईले थुक निल्दै ढुक्ला फेरी होश गरौ !

सबको प्यारो सगरमाथा अलग्गिन खोज्यो भने ,
हाम्रा सबै खोला- नाला सुक्ला फेरी होश गरौ ! Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | 1 Comment »

गजल (मेरो हो सुस्ता!!)

Posted by Ram Kumar Shrestha on December 15, 2010

By पोष्टराज चापागाइ

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

नेपालीको रासोबासो सबै लुटदै,
तेरा डाका आई बस्ने डेरो हो सुस्ता ?

विशाल त्यो नेपालको छाती रेटेर,
मेरी आमा ! भनी लाको बेरो हो सुस्ता !

आफ्नो देश रक्षा गर्दै मर्ने पुर्खाले,
रगतले कोरी लेको घेरो हो सुस्ता !

नालापानी जस्ता कैयौं युद्ध लडेर,
किल्लाभित्र पार्या सेरो-फेरो हो सुस्ता !

लौन भारत, सत्य बोल् त, तेरो हो सुस्ता ?
इतिहास पढी हेर् त , मेरो हो सुस्ता !

२०६७-०८-२६
कीर्तिपुर

@www.dreamlandnepal.com

 

Posted in गीत/ कविता/गजल | Leave a Comment »

कपिलबस्तु दिवस: कतारमा दोस्रो कपिलबस्तु दिवस भब्य रुपमा सम्पन्न

Posted by Ram Kumar Shrestha on December 5, 2010

३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।

कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा  आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत

स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् ! 
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्…………………

गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो

कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली

जहाँ जहाँबाट सक्छौ  त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट

स्वागतम् ! …………………………

सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु

सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ

जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ

स्वागतम् !…………………………

सम्मानैमा झुक्छ शिर यो अन्यायमा कहाँ झुक्छ
लाखौ कोशिश गरेपनि झुटको खेति कहाँ लुक्छ

देशले मागे हाँसी हाँसी ज्यानै दिन बानी हाम्रो
लुम्बिनी र गौतमबुद्ध यी आँखाका नानी हाम्रो

देश हाँक्ने नेताहरु रमाएनी ह्वीस्की पिउँदै
खबरदार आँखा नलाऊ नेपाली छन् अझ ज्यूँदै

स्वागतम् ! स्वागतम् ! ………………….

Posted in गीत/ कविता/गजल, समाचार | Leave a Comment »

आमा! म त बहुलाएछु

Posted by Ram Kumar Shrestha on September 19, 2010

आमा! 
अचेल मलाई के भैरहेछ ?
यो के देख्दैछु ? के सुन्दैछु ?
होशमै के के बोलिरहेछु ?
आमा! म त बहुलाएछु !

हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँ नयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
स्वास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।

मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमूर्ति न्यायधीशहरु
अन्धो फैसला सुनाउँदैछन् Read the rest of this entry »

Posted in गीत/ कविता/गजल | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.

Join 84 other followers