Nepal – the country of Mt. Everest and Buddha

Nepal – the country of Mt. Everest and Buddha

गोरखामा नेपालकै सबैभन्दा ठूलो गुफा भेटियो

Posted by Ram Kumar Shrestha on August 23, 2011


नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ ।

स्वाँरा गाविस-८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताउनुभयो ।

ट्रेकिङ व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायीसहितको टोली यही फागुन १५ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो ।

नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताउनुभयो ।

यसैबीच सो टोलीलाई स्थानीय गाउँलेले स्वागत गरेका छन् । सौरपानीका पर्यटन व्यवसायीले राखेको एक कार्यक्रममा सभासद् अमर तमुले आर्थिक रुपान्तरणका पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको बताउनुभयो ।

जिल्ला सदरमुकाम गोरखाबाट ११ कोस उत्तरमा रहेको सो गुफा नेपालको लामो भएको थप जानकारी टोलीमा सहभागी अर्का सदस्य एवम् धार्चे मनास्लु पर्यटन समितिका अध्यक्ष साने गुरुङले गराउनुभयो ।

पदयात्राको उक्त टोली उत्तरी गोरखाका विभिन्न क्षेत्रको भ्रमण, अवलोकन र मूल्याङ्कन गरी फागुन २२ गते गोरखा र्फकने र पत्रकार सम्मेलन गरेर यात्राबार जानकारी दिने कार्यक्रम रहेको समितिका सचिव रिजन घलेले बताउनुभयो ।

@Hamrogorkha

Some more photos:

About these ads

4 Responses to “गोरखामा नेपालकै सबैभन्दा ठूलो गुफा भेटियो”

  1. David.J.Home said

    Cannot read in the lanquage posted, is it possible to be posted in english. I and many friends served 22 years in the British Army, and are all proud to have served beside our Ghurka brothers and comrades.

  2. rachana said

    thanks for publish this news………………….i also recamanded it

  3. Manav said

    good i love to be there soon

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 538 other followers

%d bloggers like this: