Here four sensitive clips for your information:
India Displacing Nepalese from their own land Part 1
Posted by completenepal on March 24, 2010
Here four sensitive clips for your information:
India Displacing Nepalese from their own land Part 1
Posted in भिडिओ | Tagged: Encroachment, Sensitive clips | Leave a Comment »
Posted by completenepal on March 22, 2010
Posted in News | Leave a Comment »
Posted by completenepal on March 12, 2010
प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारबादका बिरुद्ध १५ फेब्रुअरीमा ब्यापक जन-प्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको कार्यक्रमको क्लिप:
Posted in भिडिओ, समाचार | Leave a Comment »
Posted by completenepal on March 12, 2010
By चन्द्र घर्ती मगर
उसले मेरो परिचय माग्यो
‘शान्ति दूत’ शानसंग भनिदिएँ,
बुद्धको देश ।
आश्चर्यको कुरो !
बुद्ध त इन्डियामा पो जन्मिएको रहेछ !
मेरोबारे जान्न चाह्यो
आफ्नैपनको कलामा भनिदिएँ,
बलबाहुको देश ।
अचम्मको कुरो !
बलबाहु तिब्बतको पो रहेछ !
मेरो अस्तित्व खोज्यो
उच्च शीर उठाएर भनिदिएँ,
सगरमाथाको देश ।
अनौठो कुरो !
सगरमाथा चिनमा पो पर्दो रहेछ !
मेरो पहिचान सोध्यो
छात्ती फुलाइ गर्वले भनिदिएँ,
सुन्दर देश नेपाल ।
असम्भव कुरो !
नेपाल त भारतमा पो पर्दो रहेछ !
उसैले थप प्रश्न गर्यो
तर, म निरुत्तर भएँ
मेरो टाउको झुकिरह्यो
किन कि,
मैले बल्ल थाहा पाएँ
माथिल्लो छिमेकीले भित्र भित्रै षडयन्त्र गरेछ
तल्लो छिमेकीले झन ईतिहास नै बङ्याएछ
म त अस्तित्व गुमाएको
पहिचानहिन नेपाली पो भएछु ।
हो, म त झण्डैले
पृथ्बिको ग्लोबमा नअटाउने
अपूर्ण मानचित्र पो ठानिएछु ।
सहि भूगोल बुझ्न नसक्ने
बुझक्कड अबुझ पो सोचिएछु ।
आफ्नै माटो बचाउन नसक्ने
मृत देशभक्त पो बनेछु ।
देशको सीमा चिन्न नसक्ने
शिक्षित अज्ञानी पो भएछु ।
अब भने,
ग्लोब पनि नियाल्दैछु ।
भूगोल पढ्न सिकेकोछु ।
माटो खोज्न थालेकोछु ।
सीमा चिन्न जानेकोछु ।
ईतिहास बुझ्ने भएकोछु ।
Posted in गीत/ कविता/गजल | Tagged: बलबाहुको देश, बुद्धको देश, शान्ति दूत, सगरमाथाको देश | Leave a Comment »
Posted by completenepal on March 4, 2010
खिलानाथ ढकाल, इलाम, फागुन २०- भारतले इलामको पूर्वी सीमावर्ती क्षेत्रका १० ठाउँमा अतिक्रमण गरेको पुष्टि भएको छ। सीमा प्रशासन, इलाका प्रहरी कार्यालय पशुपतिनर र नागरिक समाजको संयुक्त टोलीले स्थलगत अनुगमनपछि १० ठाउँ मिचेको पुष्टि गरेको हो। टोलीले गरेको अनुगमनमा सीमा क्षेत्रका पाँच वटा सीमा स्तम्भसमेत गायव भएको तथ्य फेला परेको छ।
‘अनुगमनमा अतिक्रमण नभएका तर विवादमा परेका ठाउँ भेटिए’- उनले नागरिकसित भने। अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा पर्यटकीयस्थल सन्दकपुरमा नेपाली भूमि अतिक्रमण गरी भारतले आधुनिक, पर्यटकीय स्थलको रुपमा सुविधा सम्पन्न होटल स्थापना गरेको उल्लेख छ। ‘कालपोखरी–सन्दकपुर क्षेत्रमै नेपाली भूमि मिचेर होटलहरू बनाइएको र पर्यटक पदमार्ग समेत नेपाल खण्डमा बनाई सीमा स्तम्भहरू समेत विवादित अवस्थामा पुर्याएको भेटायौं’- पाण्डेले भने।
पशुपतिनगर–५ स्थित पुल खोलामा भारतीय पक्षबाट दशगजा मिचेर भारतीय सीमा सुरक्षा बल एसएसबीले क्याम्प राखेको छ। पशुपतिनगर–४ को फाटकमा सीमास्तम्भ मिचेर पश्चिम बङ्गाल दार्जिलिङ प्रहरीको चेकपोष्ट राखिएको छ। पशुपतिनगर–४ कै पेनलमा नेपाल–भारत सीमा स्तम्भसँगै जोडेर एसएसबीको क्याम्प राखिएको छ। सीमा क्षेत्रको घुमाउरो डाँडा नेपाली भूमिमा रहे पनि दशगजासमेत नछाडी तारबार गरेर एसएसबीले क्याम्प बनाएको छ।
श्रीअन्तु–८ को २६ नम्बर सीमास्तम्भ रहेको ठाउँमा नेपाली भूमि मिचेर भारतीय नागरिकले घर बनाएका छन्। छब्बीसेमा दशगजा खण्डमा विद्यालयको ग्राउण्ड कायम गरी जवाहर नवोदय विद्यालय निर्माण गरिएको छ। पशुपतिनगर–४ को हिले क्षेत्रमा वर्षौंदेखि बसिरहेका नेपालीहरूको सात घर भारततर्फ पर्ने गरी सीमास्तम्भ कायम गरिएको टोलीले जनाएको छ।
टोलीका सहभागी मिलन क्षेत्रीका अनुसार स्थलगत अध्ययनमा दुबैपट्टिको दशगजा स्पष्ट छैनन्। उनका अनुसार सीमा क्षेत्रमा भारतीय पक्षबाट बनाइएका घरका कारण नेपाली भूमि मिचिएको छ। ‘मर्मत नहुँदा केही सीमा स्तम्भसमेत भत्किसकेका छन् भनेर धेरैजसो जीर्ण अवस्थामा’- उनले जानकारी दिए।
गोर्खे–४ मर्च्याङ्गको १९/१ र १९/३ का बीचका सीमा स्तम्भ र श्रीअन्तु –८ को ७२/७ नम्बरको सीमा स्तम्भ पूर्णरुपमा क्षति भएका छन्। अध्ययन टोलीले अधिकांश सीमास्तम्भ टुटफुट भएको र मर्मत गर्नुपर्ने बताएको छ। माइमझुवा गाविसका ५८/१ र ५८/२, जमुना–७ का ६१/२, ६१/१३, जोगमाई–३ तुम्लिङडाँडाका ६४ र ६४/१, जोगमाई–३ तुम्लिङ बजारका ६४/२ देखि १६,जोगमाई–३ मेग्मा गुम्बामाथिको ६५/१, जोगमाई–३ लामाधुराको १९, गोर्र्खे–४ लामाधुरामुनिको जङ्गलको १९/१, गोर्खे–४ चित्रेको १९/३, चित्रेकै २०/१, गोर्खे–९ मानेभञ्ज्याङ बजारको ६८/२१, पशुपतिनगर–५ टासीगाउँको ७०/९, पशुपतिनगर–४ चारमाइलको ७१/७, पशुपतिनगर–४ पेनलडाँडाको ७१/१० र पशुपतिनगर–४ र हिले बजारको ७१/२४ सीमा स्तम्भ भत्किएका छन्।
सीमा क्षेत्रका ४ स्तम्भको नम्बर नभएको बताइएको छ।
Posted in समाचार | Tagged: सीमा अतिक्रमण, Encroachment | Leave a Comment »